सिद्धार्थ इन्स्योरेन्सको सीईओमा पुनः बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो । इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरेका उनले कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलता पुर्वक पुरा गरेका छन् । यससँगै उनले आगामी ४ वर्ष आफ्ना दोश्रो कार्यकाल सम्हाल्ने छन् । क्षेत्रीले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट एफआईआई उपाधी हासिल गरेका छन् । उनी अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तीको रुपमा परिचित रहेका छन् भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रशासकको रुपमा मानिन्छन् ।

ग्लोबल आइएमई बैंकका डीसीईओ रेग्मीद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् । रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका हुन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्छन् । वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् । सम्बन्धित समाचार ग्लोबल आइएमई बैंकको डीसीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौदेखि लागू हुने

बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो । मास्के बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको कार्यकाल सकिएसँगै मास्केलाई कामु सीईओमा नियुक्त गरिएको हो । सीईओ पन्तको कार्यकाल भदौ १ गतेदेखि नै सकिने भएको छ । यससँगै, नवनियुक्त कामु सीईओ मास्केले भदौ २ गतेदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्ने छन् ।