मिर्मिरे लघुवित्तका डीसीईओ न्यौपाने कामु सीईओमा नियुक्त, स्वतन्त्र सञ्चालकमा भट्टराई
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैंठकले संस्थाका नायव कार्यकारी प्रमुख(डीसीईओ) न्यौपानेलाई कामू सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त कामु सीईओ न्यौपानेले आगामी असार १ गतेदेखि लागू हुने गरी संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । उनले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका नीति नियमको परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्न र सञ्चालक समितिप्रति पूर्ण जवाफदेहिताक साथा जिम्मेवारी निर्वाह गर्ने छन् । संस्थाका सीईओ कुमार याक्सोले पदबाट राजिनामा दिएसँगै सञ्चालक समितिको बैठकले न्यौपानेलाई कामु सीईओ पदमा नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी सीईओ याक्सोको राजिनामा स्वीकृत गरेको हो । त्यसैगरी, संस्थाको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराई नियुक्त भएका छन् । संस्थाले जेठ २९ गतेदेखि लागू हुने गरी भट्टराईलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त, स्वदेशी र विदेशी बैंकिङमा तीन दशकको अनुभव
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन । बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । हालसम्म उनी बैंकको निमित्त सीईओका रुपमा काम गर्दै आएका थिए । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त बताइएको छ । असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिकाे बैठकले प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पाेखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् । उनीसँग विदेशी बैंकदेखि नेपाली बैंकहरूमा पनि लामाे समयसम्म काम गरेकाे अनुभव तथा कार्यकाैशलता छ । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । त्यसपछि उनले एनआइसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि उनले एक वर्ष काम गरेकाे अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । त्यसैले पनि उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धि राम्रे ज्ञान तथा अनुभव भएकाे बैंकरका रूपमा चिन्छन् । विदेशी बैंकसँग करिब ३ वर्ष काम गरेकाे अनुभव पाेखरेलसँग छ । उनी २०७६ जेठ २ मा सिभिल बैंककाे डेपुटी सीइओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।
स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव रेग्मीले गरे पदबहाली
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पद बहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् । बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको थियो ।