सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा पाेखरेल र श्रेष्ठ निर्वाचित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । कम्पनीको सभाले सर्वसाधारण सेयरधनीको समूह ख को तर्फबाट प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको हो । इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा आज(असार २३ गते) बुधबार सम्पन्न भएको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । यस्तै सभाले सुजन काफ्ले एण्ड एसाेसिएट्स, चार्टड एकाउन्टेण्टलाई कम्पनीकाे वार्षिक लेखा परिक्षकमा नियुक्त गर्ने संचालक समितिकाे प्रस्ताव पारित गरेकाे छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सभाले एनएफआरएस बमोजिमको वित्तीय विवरण सर्वसम्मत रुपमा पारित गरेको छ ।

सेबोन कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, ढुंगाना भन्छन्ः मिलेर बजारको विकास गर्नुपर्छ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) कर्मचारी युनियनको  नयाँ कार्यसमिति- चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गरेका थिए । उक्त अधिवेशन असार १८ गते नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा सम्पन्न भएको थियो । । अधिवेशनको उद्घघाटन सत्र युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त उद्घघाटन सत्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे । उद्घघाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।

स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक चापागाँईले सम्हाले कार्यभार

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक गोबिन्द चापागाँईले आज (असार २१ गते) बाट कार्यभार सम्हालेका छन् । गत असार १५ गते नायब महाप्रबन्धकमा नियुक्त भएका चापागाँईले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । संस्थाको सञ्चालक समितिको बैठकले उनलाई नायब महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले चापागाँईलाई एक वर्षको लागि वित्तीय संस्थाको नायब महाप्रबन्धकमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त नायब महाप्रबन्धक चापागाँईले २०७९ असार २१ गतेसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।