नेपाल इन्स्योरेन्सको कामु सीईओ ईश्वर पोखरेल
काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी दिएकाे हाे । सीईओ विजय बहादुर साहको कार्यकाल सकिएसँगै कम्पनीले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो । हाल उनी कम्पनीको डेपुटी सीईओको पदमा कार्यरत छन् । नवनियुक्त कामु सीईओ पोखरेलले कम्पनीको अर्को व्यवस्था नभएसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्ने छन् । साथै, तत्काल बाहिरबाट सीईओ ल्याउने तयारी कम्पनीको नरहेको इन्स्योरेन्सका एक सञ्चालकले विकासन्युजसँग भने । इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त हुनुअघि पोखरेलले युनाईटेड फाइनान्समा पनि डेपुटी सीईओको कार्यभार सम्हालेका थिए । सम्बन्धित समाचार नेपाल इन्स्योरेन्सबाट बिदा हुँदै सीईओ शाह, लगानी वृद्धिसँगै हालसम्मकै उच्च नाफा कमाउन सफल
पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन, को को बने नयाँ सञ्चालक ?
काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।
एक्सेल डेभलपमेन्ट बैंकका कामु सीईओ कार्कीले सम्हाले कार्यभार
काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखराज कार्कीले साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यभार सम्हालेका हुन् । असार ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई बैंकको कामु सीईओ पदमा नियुक्त गरेको हो । बैंकका सीईओ दिनेशकुमार पोखरेलको पदावधी २०७८ असार मसान्तबाट सकिएसँगै कार्कीलाई कामु सीईओमा नियुक्त गरेको हो ।