लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् । फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन् । विगत लामो समयदेखि यस कम्पनी र केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । उनी कम्पनीका सञ्चालकमा नियुक्त भएसँगै सिद्धार्थ प्रिमियरले व्यवसाय विस्तारमा थप मद्दत पुग्ने अपेक्षा लिइएको छ ।

नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा गुरूङ नियुक्त

काठमाडौं । नेपाल बिजनेश एसोसियसन कतारको प्रमुख सल्लाहकारमा युवा उद्यमी प्रविण गुरूङ नियुक्त भएका छन् । नेपाल व्यवसायी संघको प्रमुख संरक्षकमा कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेश विक्रम ढकाल र प्रमुख सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपमहासचिव एवं कतारका सफल व्यवसायी गुरुङ्ग मनोनित भएका छन् । गुरूङ यसअघि एक कार्यकाल संघको सल्लाहकार रहिसकेका छन् । गुरूङ करिब २ दशकदेखि कतारमा रहेर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । अहिले नियुक्त सल्लाहकारको अवधि आगामी ४ वर्ष अर्थात् सन् २०२८ सम्मको हुनेछ । संघको २०२४-२८ कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको दोस्रो पूर्ण बैठकबाट सोहि कार्यकालका लागि ढकालको संयोजकत्वमा संरक्षक समिति र गुरुङ्गको संयोजकत्वमा सरल्लाहकार समिति गठन गरिएको हो । संरक्षक समितिको सदस्यहरुमा डा. देव काजी डंगोल, बद्रि प्रसाद पाण्डे र समिर मास्के रहेका छन भने सल्लाहकार सदस्यहरुमा सागर नेपाल, प्रोफेसर मोहम्मद रमजान मिया (कानुनी), ई. अर्जुन भट्टराई, विकास प्रसाई, परशुराम दाहाल, धन बहादुर बलायर र होमनाथ शर्मा छन् । कतारलाई व्यवसायिक कर्मथलो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेटेर संरक्षक तथा सल्लाहकार समिति गठन गरको संघले कतार सरकारमा रजिष्ट्रर भई मान्यता प्राप्त पहिलो र एक मात्र सामाजिक संस्थाका रुपमा आफूलाई स्थापित गरेको छ । नेपाल सरकारसंग समेत एमओयू गरि आधिकारीकता प्राप्त गरेको संघले नेपालमा भएका विभिन्न दैविक प्रकोप लगायत विविध क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ भने विभिन्न व्यवसायीक परियोजना सहित दिर्घकालिन योजनाहरुलाई समेत तिव्रता दिएको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिए ।