सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय नियुक्त
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा हेमन्तकुमार दवाडीले जानकारी दिए । उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको थियो । नब नियुक्त सीईओ उपाध्यायले आईतबारदेखि जिम्मेवारी समालेका छन् । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । प्रिमियरमा ४/४ वर्षको दुई कार्यकाल सकेपछि उनी कुलिङ पिरियड बिताउन घरमा बसेका थिए । सानिमा जनरल इन्स्योरेन्स स्थापनाकाल देखि नै उपाध्ययले बाहिरबाट अनौपचारिक रुपमा सहयोगि भूमिकामा खेलेको बताइएको थियो । कम्पनीले सेवा सञ्चालन गरेकाे २ वर्षपछि उनलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे छ । अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत पद खाली थियो भने व्यवस्थापकीय नेतृत्व नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले गर्दै आएका थिए ।
मुक्तिनाथ क्यापिटलको सीईओमा कविन्द्रध्वज जोशी नियुक्ति
काठमाडौं । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतक(सीईओ)मा कविन्द्र विक्रम ध्वज जोशी नियुक्त भएका छन् । नवनियुक्त सीईओ जोशीले जेठ १ गते मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गरेका हुन् । जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङ लगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशक भन्दा बढी काम गरेको अनुभव बटुलेका छन् । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटलले डिम्याट, पीएमएस, सेयर रजिष्टार, इस्यु म्यानेजमेन्ट, अन्डरराईटिङ, एडभाईजरी, लगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।
चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा गौतम नियुक्त
काठमाडाैं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । काठमाडौंमा बिहीबार (आज) बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य डा अधिकारीले बताए । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य डा अधिकारीका अनुसार उनले आजै शपथ ग्रहण गरेका छन् ।