प्रभु इन्स्योरेन्सका सीईओ सन्चित बज्राचार्यको कार्यकाल थपियो

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पुरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको हो । यससँगै उनले आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । लामो समयदेखि प्रभु इन्स्योरेन्समा आवद्ध रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । साथै, उनीसँग सरकारी लगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्य अनुभव रहेको छ ।

स्वस्तिक लघुवित्तको संचालकमा ४ जना निवार्चित, अध्यक्षमा सत्य नारायण झा

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न संस्थाको पहिलो साधारणसभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो । निर्वाचन अधिकृत नारायण वस्तीका अनुसार उक्त पदमा सत्य नारायण झा, डा. प्रमोद कुमार झा, सुधांशु शेखर झा र रवि सेन शाह निर्वाचित भएका हुन् । साथै, सोहीदिन बसेको संचालक समितिको बैठकले संचालक सत्य नारायण झालाई अध्यक्ष चयन गरेको छ । सभामा संस्थाका अध्यक्ष झाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । त्यस्तै, सभाले आ.व. २०७५/०७६ को अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको वार्षिक प्रतिवेदन सहितको आ.व. २०७५/०७६को सम्पुर्ण वित्तीय विवरणहरु माथि छलफल, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, सम्वन्धि सामान्य प्रस्ताव पास गरेको छ । साथै, सभाले भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि सम्पुर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरको छ ।

हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा पाण्डे, सञ्चालकमा ८ जना नियुक्त

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा हरिप्रसाद पाण्डे नियुक्त भएका छन् । पुस २५ गते बसेको सञ्चालक समितिको ७८औं बैठकले पाण्डेलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । सो दिन बसेको कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पछि बसेको बैठकले अध्यक्ष सहित ९ जनाको नयाँ सञ्चालक समिति गठन गरेको हो । जसमध्ये संस्थापक समूहको तर्फबाट एक अध्यक्ष र ६ जना सञ्चालक नियुक्त भएका छन् भने सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त भएका छन् । संस्थापक समूहको तर्फबाट प्रा.डा. भीम प्रसाद न्यौपाने, सरोज कुमार उपाध्याय, पशुपति चौलागाई, रमेश प्रसाद न्यौपाने, सोमनाथ पाठक र श्रीराम पाण्डे सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, कपिल आचार्य र प्रमिला चौहान बस्नेत सर्वसाधारण समूहतर्फबाट नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले धेरै उद्योगहरू स्थापना गरिसेकेका छन् । उनले हालसम्म माछापुच्छ्रे मेटल एण्ड मशिनरी वर्क्स(पी) लिमिटेड, पोखरा फूड्स (पी. लि), सगरमाथा ईन्जिनियरिङ वर्क्स (पी) लि., पोखरा मेशिन टूल्स इंडस्ट्रीज (पी) लिमिटेड, पोखरा नूडल्स (पी.) लिमिटेड र रम्बा सामान्य खाद्य उद्योग (पी) लि. उद्योगहरू स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् । उनी टाक्स हाइड्रोपावर कम्पनीका पूर्व निर्देशक र सिभिल हाइड्रोपावर कम्पनीका पूर्व कार्यकारी अध्यक्ष पनि हुन्। पाण्डेले नयाँ उद्योग स्थापना गर्ने, उनीहरूलाई संवोधन गर्ने र उनीहरूसँग सफलतापूर्वक सञ्चालन गर्ने लामो अनुभव रहेको छ। साथै, उनीसँग मेकानिकल ईन्जिनियरिङ, सिभिल इन्जीनियरिङ, शैक्षिक संस्थानहरू, खाद्य उद्योग, जलविद्युत र वित्तीय संस्थानहरुको पनि अनुभव रहेको छ ।