पर्यटन बाेर्डकाे सीईओमा धनञ्जय रेग्मी नियुक्त

काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । बोर्डले सिइओ छनोट उपसमितिले सिफारिस गरेका ३ जनाको नामबाट रेग्मीलाई ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्ति गर्ने निर्णय गरेको छ। छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मेदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएको थियो। तर, पर्यटन नियमावली २०५५ र सिइओ छनोट कार्यविधि मिच्न चलखेल सुरु भएसँगै छनोट उपसमिति सदस्यहरूले चेतावनीसमेत दिँदै आएका थिए। छनोट उपसमितिले नयाँ सीईओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम सर्ट लिस्ट गरी धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो।

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा शाह नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक शाहले एक कार्यकालसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् । यसअघि शाहले ४ वर्षसम्म नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए ।

जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् । संघको उपाध्यक्षमा उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् । त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् । उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसाय गर्ने बीमकहरुका बीचमाआपसी छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफा रहित संस्थाको आवश्यकतामहशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम“जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको संघले जनाएकाे छ ।   ।