नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघकाे अध्यक्षमा भिम प्रसाद घिमिरे
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघको अध्यक्षमा भिम प्रसाद घिमिर चयन भएका छन् । संघको २०७७ जेठ ३० गते सम्पन्न ११औं केन्द्रिय महाधिवेशनले उनलाई संघको अध्यक्ष सर्व सम्मत रुपमा नियुक्त गरेको हो । साथै, महाधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ कार्य समितिमा उपाध्यक्ष श्रीमती दुर्गा देवी कार्की, महासचिव रत्न बिक्रम जि.सी., सचिव मेघराज ढुङगाना, कोषाध्यक्ष तारा बहादुर खडका र सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपना कुमारी सिंह, कमला कूवंर, बिधात्री शाह र तुषार थापा चयन भएका छन् । कम्पनी र कर्मचारीबीच रहि आएको सौहाद्रपुर्ण समबन्धलाई कायम राखी-कम्पनी र कर्मचारीहरुको हक हितलाई प्रवद्र्घन र सम्वर्धन गर्दे रचनात्मक ढंगले अगाडी बढ्ने नवर्निवाचित संघले जनाएको छ । नयाँ पदाधिकारीहरुलाई बिहीबार(आज) कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनी मुलुक कै पहिलो बीमा कम्पनी हो ।
सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली
काठमाडौं । सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । यससँगै उनले आगामी चार वर्षसम्म यस बैंकमा रहेका आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।
लगानी बोर्डको सीईओकाे लागि ५ जनाको नाम सिफारिस, को–को परे ?
काठमाडौं । नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लागि ६ जनाको नाम सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरेको उपसमितिले १२ जना आवेदकहरुमध्ये ६ जनाको नाम छनोट गरी सिफारिस गरेको हो । सो पदका लागि १२ जनाको आवेदन परेकामध्ये ती ६ जनाको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेकाे समिति समक्ष सिफारिस भएको बताइएको छ । स्रोतका अनुसार लगानी बोर्डको सीईओको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, राष्ट्रिय याेजना आयाेगका सदस्य सुशिल भट्ट , विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला र लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाको नाम छनोट गरी सिफारिस भएको हाे । अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ। सिफारिस भएका तीनजनामध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ ।