पाटा नेपाल च्याप्टरका सिइओ सुरेशले पाए ‘पाटा फेस अफ द एयर’ अवार्ड
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाललाई पाटा फेस ‘अफ द एअर २०२०’ अवार्डबाट सम्मान दिने भएकाे छ । पाटा अन्तरराष्ट्रियद्वारा प्रदान गरिने सो अवार्ड प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तिव बुडाललाई दिने निर्णय भएकाे हाे । पाटा अन्तरराष्ट्रियका प्रमुख कार्यकारी अधिकृत हार्डीले उक्त अवार्ड विजेताको रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावना अनुरुप दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रर्वद्धनमा प्रशंसनीय काम गरेको बताए । हार्डीले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको शसक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियान अन्तर्गत नेपालमा विविध कार्यक्रमहरु आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । पाटा नेपाल च्याप्टरका सिइओ बुडालले दिगो पर्यटन विकासका लागि कटिवद्ध एक अद्धितीय संस्था भएको बताउदै यस्तो संस्थामा काम गर्नु आफ्नो लागि पनि गौरवको विषय भएको बताए । पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीबाट स्नातकोत्तर गरेका बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन । कार्यकारी अधिृकतको रुपमा पाटामा प्रवेश गरेका बुडालले आफ्नो बहुमुखी सीप तथा दक्षता प्रस्तुत गर्दै पाटाको युवा पुस्तासंगको आबद्धता, मानव संशाधन विकास देशको पर्यटन प्रर्वद्धन सदस्य संस्थाहरुको व्यापार तथा नेटवर्क प्रबद्र्धन गर्ने अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।
खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त (विज्ञप्तीसहित)
काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । ‘आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. पुन नियुक्त
काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरे । प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताएका छन् । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिएका हुन् । उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् । विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ ।