नेपाली काँग्रेसको वित्तीय विभागको सचिवमा सुरेन्द्र भण्डारी मनाेनीत
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा श्री लालीगुराँस मल्टीप्रपोज सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी मनाेनीत भएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई उक्त पदमा मनाेनयन गरेका हुन् । सभापति देउवाले नेपाली काँग्रेसको विद्यान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम सीईओ भण्डारीलाई उक्त पदमा मनाेनयन गरेका हुन् । यससँगै पार्टीको केन्द्रिय वित्तीय तथा सहकारी संस्था समन्वय विभागका साथै समग्रमा नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन भण्डारीको योगदान हुने सभापति देउवाको विश्वास छ ।
एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालकाे कार्यकाल थप
रमेशराज अर्याल, प्रमुख कार्यकारी अधिकृत, एनसीसी बैंक लिमिटेड काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेशराज अर्यालकाे कार्यकाल थप भएकाे छ । असाेज १ गते उनकाे पहिलाे कार्यकाल सकिदै थियाे । गत साेमबार जनै पूर्णिमाकाे दिन बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्काे चार वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेकाे हाे । अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओमा नियुक्त भएका थिए । उनी २०७२ पुस १४ गतेदेखि उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए । उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए । सम्बन्धित सामाग्री वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्न र यसै वर्ष २० प्रतिशत बोनस सेयर दिन सकिन्छ- रमेशराज अर्याल
एशियन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा होमबहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । साउन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)को चैत २० गते दुई कार्यकाल पुरा भएकोले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त निमित्त सीईओ श्रेष्ठले साउन २१ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।