सडक र सहरी विकासका लागि २ खर्ब ८६ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सडक र सहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेटमा सो घोषणा गरेका हुन् ।

सामुदायिक विद्यालयको पूर्वाधार म्यापिङ गर्न १ अर्ब विनियोजन

काठमाडौं । सरकारले देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार अवस्थाको विस्तृत म्यापिङ गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको छ ।  आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत उक्त रकम छुट्याइएको हो ।  शिक्षा प्रणाली सुधार र विद्यालय पूर्वाधार सुदृढीकरणलाई लक्ष्य गर्दै सरकारले देशभरका सामुदायिक विद्यालयहरूको भवन, कक्षाकोठा, शौचालय, खानेपानी, प्रयोगशाला तथा अन्य आधारभूत सुविधाको अवस्था पहिचान गर्ने तयारी गरेको छ ।

आगामी वर्षमा १ हजार किमी सडक कालोपत्रे र २०० पुल बन्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशका विभिन्न क्षेत्रमा गरी कुल १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २ सयवटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सडक सञ्जालको बिस्तार र यातायात सहजताका लागि यो लक्ष्य निर्धारण गरिएको जानकारी दिए । बजेट वक्तव्यका क्रममा अर्थमन्त्री डा. वाग्लेले देशको मुख्य जनजीवन जोडिएको पूर्व-पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र पूर्ण रूपमा चार लेनमा बिस्तार गरिसक्ने सरकारी योजना सार्वजनिक गरे । यसका लागि सरकारले आगामी आर्थिक वर्षका लागि मात्रै ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । लामो समयदेखि निर्माण कार्य ढिलाइ भएर सर्वसाधारणले सास्ती खेप्दै आएका दुई महत्त्वपूर्ण सडक खण्डहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् ।  नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको निर्माण कार्य यसै वर्षभित्र पूर्ण रूपमा सम्पन्न गरिनेछ ।