काठमाडौं महानगरमा तनाव : गुरागाईंलाई प्रवेशमा रोक लगाइएपछि कर्मचारीले फोडे ढोका
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोडेका छन् । महानगर प्रहरीले उनलाई रोकेपछि महानगरका कर्मचारीले तालासहित ढोका पनि फोडेका हुन् । महानगर प्रहरीले गुरागाईंलाई गेटमै रोके पनि कर्मचारीले भित्रसम्म पुर्याएका छन् । गुरागाईंको स्वागतमा उपमेयर सुनिता डंगोल पनि देखिएकी छन् । बालेनले प्रहरीको साथ लिएर उनलाई रोक्ने प्रयास गरेपनि कर्मचारी मिलेर उनलाई भित्र पुर्याएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कार्यकक्षमा ताला
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको छ । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ जाने भएपछि उनको कार्यकक्षमा महानगरीय प्रहरीले ताला लगाएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई रोक्न महानगर प्रहरी समेत परिचालन गरिएको छ । गुरागाईँ बिहीवार महानगरपालिकाको कार्यालयमा काममा फर्कने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो । गुरागाईं २०८१ पुस १४ गतेदेखि मेयर बालेन शाहको निलम्बनमा छन् । १२ तलाको काठमाडौं टावरलाई १९ तला बनाउने स्वीकृति दिएको आरोपमा सोही दिनदेखि गुरागाईं कार्यालयमा उपस्थित हुन पाएका छैनन् ।
प्रचुर सम्भावनाको उत्कृष्ट नगरपालिका, ‘पानी जहाजदेखि पर्यटनको हब बन्ने सम्भावना’
काठमाडौं । आर्थिक समुन्ततिको क्षेत्रमा गरेको असल अभ्यास र प्राप्त परिणामको आधारमा ‘स्थानीय आर्थिक विकास र सुशासन’को क्षेत्रमा ७५ प्रतिशत अंक प्राप्त गरी गैंडाकोट नगरपालिका उत्कृष्ट नगरपालिका हुन सफल भएको छ । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकालाई सम्मान गर्दै आएकोमा यस वर्ष ६ नगरपालिकालाई उत्कृष्ट घोषित गर्दै सम्मान गरेको हो । जसमध्ये गैंडाकोट नगरपालिका पनि एक हो । नगरपालिका संघको ‘उत्कृष्ट नगरपालिका छनोट कार्यविधि २०७८’ अनुसार उत्कृष्ट नगरपालिका छनोटका आधारहरु तयार गरेको छ । कार्यविधिअनुसार ५ वटा विषयगत मूल्यांकनको आधारमा सिफारिस समितिले उत्कृष्ट नगरपालिका छनोट गर्न पाउने व्यवस्था छ । उत्कृष्ट नगरपालिका छनोट गर्दा अघिल्लो आर्थिक वर्षका अन्त्यसम्मका तथ्यांकलाई आधार मानी सबै सूचकको अंक गणना हुन्छ र त्यसको आधारमा उत्कृष्ट नगरपालिका छनोट हुने संघले जनाएको छ । कार्यविधिअनुसार संस्थागत विकास, सेवा प्रवाह र वित्तीय अनुशासन, सामाजिक विकास (शिक्षा, स्वास्थ्य), स्थानीय आर्थिक विकास र वन तथा वातावराण, जलवायु परिवर्तन÷उत्थानशीलताजस्ता विषयगत मूल्यांकनको आधारमा उत्कृष्ट नगरपालिका घोषणा हुन्छ । नवलपरासी जिल्लाको पूर्वी भागमा अवस्थित यो नगरपालिका १८ वटा वडामा विभाजित छ । नगरपालिका १५९.९३ वर्ग किमि क्षेत्रफल ओगटेको छ । कुल ७९ हजार ३४९ जनसंख्या रहेको यो नगरपालिका ‘हामी सबैको साझा अठोट शान्त सुन्दर गैंडाकोट’ भन्ने दीर्घकालीन सोंचका साथ समृद्धतर्फ उन्मुख छ । गैंडाकोट नगरपालिकाको प्रमुखमा मदनभक्त अधिकारी छन् । त्यस्तै, उपप्रमुखमा शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृतमा झविन्द्र खनाल रहेका छन् । स्थानीय निर्वाचनमा अधिकारी नेपाली कांग्रेसबाट प्रमुखमा निर्वाचित भएका थिए । नगरपालिकाका प्रमुख मदन भक्त अधिकारीले नगरपालिका उत्कृष्ट हुनका अनेक कारण रहेको बताए । मेयर अधिकारीका अनुसार नगरपालिकाले स्थानीय आर्थिक विकासको लागि लगानी प्रवद्र्धन र बजारीकरण, औद्योगिक ग्राम निर्माणको तयारी, गरिबी न्यूनीकरणको लागि तथ्यांक संकलन, योजना निर्माण र कार्यान्वयन, नागरिकको व्यवसाय, सीप विकास र प्रविधि हस्तान्तरण, उद्यम विकास र विस्तारमा यो नगरपालिकाले उल्लेखीनीय काम गर्दै आएको छ । गैंडाकोट नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथामिकतामा रहेर आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आइरहको छ । नगरपालिकाले यी क्षेत्रमा उल्लेखीनीय प्रगति गरेको प्रमुख अधिकारी बताउँछन् । उनका अनुसार नगरपालिकाले पाँच कक्षासम्म पूर्ण रुपमा निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । शिक्षाको गुणस्तर बढाउन विभिन्न निकायसँग छलफल समन्वय गर्दै आइरहेको उनले बताए । त्यसैगरी नगरबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार पालिकामा एउटा नगर अस्पताल रहेको छ । त्यसबाहेक आधारभूत अस्पतालहरु सञ्चालनमा छन् । अन्य विभिन्न निजी अस्पतालहरु पनि नगरभित्र रहेका छन् । अस्पतालमा सबै खालको उपचार हुने गरेको र नगरअस्पतालमा उपचार सम्भव नभएको अवस्थामा मात्रै अर्को जिल्ला अस्पताल रिफर हुने गरेको प्रमुख अधिकारीले बताए । अर्को जिल्लामा गएर उपचार गराउँदा खर्चिलो हुने हुँदा त्यसलाई मध्यनजर गरी नगरपालिकाले चितवन मेडिकल कलेजसँग उपचारमा छुटसम्बन्धी सम्झौता गरेको छ । गैंडाकोट नगरबासीले चितवन मेडिकल कलेजमा रिफर हुनुपरेमा २५ देखि ५० प्रतिशतसम्म छुट हुन्छ, प्रमुख अधिकारीले भने, ‘सम्पूर्ण उपचारमा नगरबासीले ५० प्रतिशतसम्म छुट पाउनुहुनेछ । त्यस्तै ओपिडीमा २५ प्रतिशत, फार्मेसीमिा ७ प्रतिशत छुट नगरबासीले पाउदै आउनुभएको छ । यसबाहेक महिनाको दुई पटक गाउँ –गाउँमा गएर विरामीलाई भिडियो एक्सरे सुविधा प्रदान गर्दै आएको छ । अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरुले निशुल्क बेड उपलब्ध र पाँच हजार नगदसहित घरसम्म पु¥याउने सुविधासमेत प्रदान गर्दै आएको छ । कृषिमा आत्मर्निनर नगर गैंडाकोट नगरपालिकाको अर्थतन्त्रको मूख्य आधार कृषि नै हो । यहाँका अधिकांश बासिन्दा कृषिमा संलग्न छन् । जसले गर्दा गैंडाकोट कृषिमा आत्मनिर्भर हुदै आएको छ । साथै अन्य जिल्लामा निर्यातसमेत गर्दै आएको छ । यहाँ उत्पादन हुने प्रमुख खाद्यान्न धान र मकै हुन् । अधिकारीका अनुसार नगरभित्र वर्षभरी नै मकै उत्पादन हुने भएकाले यो पालिकालाई मकैको हबको रुपमा चिनिँदै आएको छ । तोरी राम्रो उत्पादन हुने हुँदा तोरीको हबको रुपमा पनि यो नगरलाई चिनिने उनले बताए । त्यस्तै फलफुलमा सुन्तला, केरा नगरभित्र प्रख्याद छ । यी फलफुलको विशेष खेती हुँदै आएको प्रमुख अधिकारी सुनाउँछन् । नगरपालिकाले कृषकको लागि आवश्यक मल, बिउ, विजन र बजेटमा सहयाता गर्दै आइरहेको छ । त्यस्तै कृषकलाई आवश्यक तालिम सञ्चालन गर्दै आएको छ । त्यसबाहेक मासुमा समेत यो नगर आत्मनिर्भर बन्दै आएको छ । धार्मिक संस्कृतिक र पर्यटकीय सम्भावना बोकेको नगर हो गैंडाकोट । प्रसिद्ध तिर्थस्थल देवघाट र त्रिवेणीबीच नारायणी नदीको साना जहाज र मोटरबोट जलयात्राले जोड्ने सम्भावना रहेकोले नगरपालिकाको नारायणी तटमा रिभर बिच प्रवद्र्धन गर्न सकिने प्रमुख अधिकारी बताउँछन् । मदनभक्त अधिकारी । नारायणगढ, देवघाटजस्ता धार्मिक र पर्यटकीय ठाउँ नगरपालिकाबाट नजिकमा पर्ने हुँदा यसले व्यापार, व्यवसाय र उद्योगको सम्भावना छ । गैंडाकोटबाट नजिकै भरतपुर हुँदा पनि गैंडाकोटलाई त्यसको लाभ लिन सक्ने अवसर छ । त्यस्तै मौलाकालिका, मणिमुकुन्दसेन दरबार, कैलास सन्यास आश्रमलाई मुख्य पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने अधिकारी बताउँछन् । चुनौती हरेक क्षेत्रमा चुनौतीसँगै अवसर जोडिने प्रमुख अधिकारी विचार राख्छन् । चुनौतीलाई अवसरको रुपमा बदलेर अघि बढ्नुपर्ने उनको सोच छ । नगरभित्र देखिएका समस्या र चुनौतीहरुलाई पहिचान गर्दै समाधनतर्फ पनि उत्तिकै जोड दिएको उनले बताए । उनका अनुसार नगरभित्रको मूख्य चुनौती खानेपानी रहेको छ । नगरभित्र १८ वडा वडाहरु रहेका छन्, सबै नागरिकालाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो तर हामीलाई यो उद्देश्य पूरा गर्न केही चुनौतीहरु छन् । १८ वटै वडामा खानेपानी उपलब्ध गराउनेगरी काम भइरहेको उनको भनाइ छ । नगरभित्रको अर्को चुनौती रोजगारी हो । यहाँ नगरबासीलाई उचित रोजगारीको अवसर नहुँदा युवाहरु विदेश पलायन हुने अवस्था रहेको प्रमुख अधिकारीले बताए । विदेश पलायन हुने समस्या नगरको मात्रै नभएर सिंगो देशकै समस्या औल्याउँछन् अधिकारी । प्रमुख अधिकारी भन्छन्, ‘देशमा रोजगारी छैन । हाम्रोमा पनि १२ कक्षा पास भएपछि युवाहरु विदेश नै जान खोज्छन् । उहाँहरुलाई रोक्ने प्रयास जारी छ, तैपनि उहाँहरु यहाँ बस्नै चाहनुहुन्न ।’ रोजगारीको उचित व्यवस्था गर्न सके युवालाई केही हदसम्म नेपालमै टिकाउन सकिने उनको भनाइ छ । नगरभित्र ठूला उद्योग फ्याक्ट्रीको संख्या कम हुँदा युवाहरुलाई नगरभित्रै रोजगारी सिर्जना गर्न समस्या भएको प्रमुख बताउँछन् । ‘साना फ्याक्ट्रीरुले मात्रै उहाँहरुको समस्या समाधान हुन गा¥हो छ । ठूला फ्याक्ट्रीको संख्या बढाउन सके, उहाँहरुलाई त्यतातिर लगाउन सकिन्थ्यो, उहाँहरुले सोचेनअनुसार तलब पाउनुहुन्थ्यो । युवाहरु चित्तबुझ्दो तलब नभएर नै नेपाल बस्न चाहँदैन । रोजगारीको क्षेत्रमा हामीले थप काम गर्नुपर्ने चुनौती छ ।’ आगामी योजना नगरपालिकाले आगामी दिनमा स्थानीय उत्पादन र वृद्धि, श्रम तथा रोजगारी सिर्जना गर्नको लागि त्यसअनुसारको नीति र बजेट विनियोजन गर्ने तयारी रहेको प्रमुख अधिकारी बताउँछन् । त्यस्तै उत्पदानशील सहकारी संस्थाको प्रवद्र्धन कृषि सहकारीमा नागरिकलाई आवद्ध गराउन उचित समन्वय, वित्तीय साक्षरता, सार्वजनिक निजी साझेदारीका अवधारणामा साझेदारी नीति र कार्यनीथि पारित गरी महत्वपूर्ण कार्य गर्दै आइरहेमा त्यसलाई निरन्तरता दिने र थप उत्कृष्ट हुने गरी योजनासहित काम गर्ने नगरको तयारी छ । प्रदेश र संघीय सरकारसँग स्थानीय तहबीचको समन्वय र सहकार्यको लागि संविधानले नै निश्चित क्षेत्र र अधिकार दिएको छ । यी तहहरूबीच समन्वय, सहकार्यमा देखिने समस्या गैंडाकोट नगरभित्र पनि रहेको प्रमुख अधिकारी बताउँछन् । अहिले पनि संघीय सरकारको बजेटमा पालिका चलेको हुँदा त्यही अनुसार स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढेको प्रमुख बताउँछन् । उनका अनुसार संघले स्थानीय तहमा आवश्यकता हेरेर बजेट विनियोजन हुनुपर्छ । उनले भने,‘आर्थिक रुपमा हामी कमजोर छैनौँ तर अझै धेरै कुरामा संघीय सरकारकै भर पर्ने हुँदा अब आफनै बलबुत्तले आर्थिक रुपमा थप बलियो हुने प्रयास गरिरहेका छौँ ।’