काठमाडौं महानगरले काेभिड प्रभावित करदातालाई विशेष छुट दिने

काठमाडौं ।  काठमाडौं महानगरले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई करमा विशेष छुट दिने भएको छ । बिहीबार महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले कोभिड प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिने बताएका हुन । महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने जनाएको छ । सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ । कोभिड–१९ बाट प्रभावित व्यवसायहरु (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ ।

तेस्रो लहरको संक्रमण आउनसक्ने तर्फ सचेत हुँदै अहिलेनै ५० लाख रुपैयाँ बजेट छुट्याइसकेका छौं – नगर उपप्रमुख सुल्तान

अहिले विश्व नै कोरोना महामारीको सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश २ अन्तर्गत सप्तरी जिल्लामा पर्ने खडक नगरपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ भने महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नमा कम्मर कसेर जुटिरहेको छ । नेपालमा पनि सामाजिक स्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको आभाष छ । महामारी नियन्त्रणमा नगरपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा नगरले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो नगरपालिकाकी उप–प्रमुख यासमिन सुल्तानसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी तपाईंको नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ ? कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । वडा नं. ९ मा आइसोलेसनको पनि स्थापना गरेका छौं । पालिकामा संक्रमितको संख्या पनि धेरै छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने सबै वडामा माइकिङ पनि गर्दै आएका छौं । कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं भने पालिकमा २ ओटा एम्बुलेन्स सेवा पनि छ । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ? नगरमा संक्रमितको संख्या बढ्दै जादाँ हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडको अन्तर सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनु भएको छ । परीक्षण गरी सकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले वा वडाध्यक्षले पनि बुझ्दै आउनु भएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनु भएको छ । होम आइसोलेसनमा बसेकालाई औषधि इत्यादि उपलब्ध छौं । नगरपालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ? कोभिडका केही गम्भीर बिरामीहरूलाई नगरको अस्पतालमा ल्याई उपचार गछौं । पालिकमा आवश्यक स्वास्थ्य सामाग्री पनि खरिद गरेका छौं । १० ओटा अक्सिजन सिलिन्डर पनि खरिद गरेका छौं । पालिकाको एउटा अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान भएको छ । हाल नै पालिकामा स्वास्थ्य सामाग्रीको अभाव छैन । नगरको अस्पतालमा उपचार हुन सकेन भने अन्य ठाउँमा पनि बिरामीलाई पठाउँछौँ । संक्रमण अझै बढ्न सक्छ भनेर नगरपालिकाले भावी योजना कस्तो बुन्दैछ ? यसको भावी योजना त पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागी पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । संक्रमणको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिन्छ त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । दोस्रो लहरको पनि कोरोना आयो अब तेस्रो लहरको संक्रमण आउन सक्नेतर्फ सचेत हुँदै नगर सभाको बैठक बसी अहिलेनै ५० लाख रुपैयाँ बजेट छुट्याइसकेका छौं । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ होला त ? यसबारे यकिनसँग भन्न त सकिँदैन । तराईमा धेरै समस्या हुन्छ, अब धान रोप्ने समय पनि हुन लाग्यो । नगर भित्र धेरै आँपको उत्पादन हुन्छ । आँपको समय भएको कारण आँप बचने बजरमा घुइँचो छ । निषेधाज्ञा गरेका छौं तर यसको पुन रूपमा पालन भएको छैन । संक्रमितको संख्या पनि बढि रहेको छ । निषेधाज्ञा नगरमा खुकुलो भए जस्तै छ । तर, नगरमा धेरै श्राम जीवी वर्गको बसोबास रहेको छ भने उनीहरूले दिन भर काम गरेर छाक टार्नु पर्ने हुन्छ । खेतीको समय भएको कारण केही किसानहरू खातीमा व्यस्त छन् । हुन त निषेधाज्ञा जारी गरेर वा पुरै लकडाउन गरेर समस्याको समाधान हुने त होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्य मापदण्ड पालनाको विकास अब नागरिकमा हुन आवश्यक छ । निषेधाज्ञा भए पनि खुद काम नगरी यहाँका नागरिकहरूलाई खान पुग्दैन । बैंकहरुलाई पनि हामीले हप्ताको २ दिनमात्र खोल्न दिएका छौं । कमजोर आर्थिक अवस्था भएकाहरूका लागी खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ? निषेधाज्ञाले गर्दा धेरै नागरिकलाई समस्या त भएको छ । गत वर्ष चाहिँ विपन्न वर्गको लागी राहतका कार्यक्रमहरू ल्याएका थियौं । विभिन्न संघसंस्थाले पनि राहत बाँड्नको लागी सहयोग गरेका थिए । यो महामारीको समयमा चाहिँ राहत वितरण गर्नसकेका छैनौं । तर, विपन्न वर्गको लागी राहत वितरण गर्ने योजना चाहिँ पालिकामा भइरहेको छ । संक्रमण थप नफैलिओस् भन्नका लागी के उपाय अपनाउनुभएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । कति संक्रमित धान्न सक्छ त अब नगरपालिकाले ? सिमित मात्रामा हामीले आइसोलेसन कक्ष तयार गरेका छौं । केही स्वास्थ्य सामाग्री पनि नगरले खरिद गरेको छ । यो रोगबाट पालिकाबासीहरू धेरै डराएका छन् । कतिपय मानिसहरूले त केहो कोरोना भाइरस भनेर नै बुझका छैनन् । यो भन्दा भयावह स्थिति आयो भने नगरपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चाहनुहुन्छ त ? खडक नगरपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा कोरोना भाइरस अवश्य नियन्त्रण हुन्छ । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

गाउँपालिकामा उपचार हुन नसक्ने अवस्थाका संक्रमितलाई काठमाडौं रेफर गर्ने व्यवस्था मिलाएका छौं – अध्यक्ष पौडेल

अहिले विश्व नै कोभिड १९ को महामारीको चपेटामा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश १ अन्तर्गतको ओखलढुंगा जिल्लामा पर्ने लिखु गाउँपालिका पनि यस महामारीको रोकथाम तथा नियन्त्रण गर्नमा तथा संक्रमितको उपचारमा जुटिरहेको छ । नेपालमा पनि सामाजिकस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको आभाष छ । महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा पालिकाले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ? कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । हालसम्म ६ सय ६६ जनाकोे पीसीआर परीक्षण गरेमध्ये २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकामा हाल १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १ सय ३६ जनाले दोस्रो लहरको कोरोना जितेका छन् । कोभिडका २ जना बिरामीलाई उपचारको लागी काठमाडौं पठाएका थियौं भने उनीहरू पनि हाल निको भइसकेका छन् । कोभिडको महामारी नियन्त्रण गर्नको लागी आवश्यक जनचेतना नै देखियो । जनचेतना सामुदायिकस्तरमा व्यापकरूपमा प्रचारप्रसार गरिरहेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने ९ ओटै वडामा माइकिङ पनि गर्दै आएका छौं । सेवा समाजले पनि स्वास्थ्य सामाग्रीको सहयोग गरेको छ । कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । पालिकामा उपचार हुन सकेन भने काठमाडौं रेफर गर्ने व्यवस्था मिलाएका छौं भने एम्बुलेन्सको व्यवस्था पालिकाले गरिदिँदै आएको छ । पालिकामा कोरोना महामारी फैलिन नदिनको लागी उच्च सतकर्ता अपनाएका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । कोरोनाको संक्रमण पालिकामा बढेसँगै विभिन्न स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । एन्टिजेन परीक्षण गर्ने ७ सय किट नेपाल सरकारबाट प्राप्त भएको छ । भिटियम ८ सय खरिद गरेका छौं भने २ सय सहयोग मिलेको छ । १७ सय जनालाई एन्टिजेन र पीसीआर परीक्षण गर्न सक्ने अवस्थामा छौं भने हामीले जम्मा ५७ जनाको एन्टिजेन परीक्षण गरेका छौं । पालिकामा ३२ बेडको क्वारेन्टिन पनि स्थापना गरेका छौं तर, यो क्वारेन्टिनमा कसैलाई पनि राख्नु पर्ने अवस्था आएको छैन । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ? हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडको अन्तर सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनु भएको छ । परीक्षण गरी सकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । पालिकामा स्वास्थ्य सञ्जाल पनि रहेको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनु भएको छ । औषधि इत्यादि उपलब्ध गराउनु हुन्छ । प्रत्येक वडामा स्वास्थ्यकर्मी हुनुहुन्छ । अहिले गाउँपालिकालाई मुख्य चुनौती के छ ? पालिकमा चुनौतीहरू धेरै छन् । हाम्रो अहिलेको चुनौती भनेको विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोना नै हो । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई विकसित देशहरूले पनि नियन्त्रण गर्ने नसकिरहेको अवस्थामा हाम्रो पालिकाले नियन्त्रण गर्न सक्ने कुरै भएन । पालिकामा बजेट पनि सिमित हुन्छ । पहाडि क्षेत्रमा आवश्यक स्वास्थ्यकर्मीहरू पाइँदैन । अक्सिजनको आपूर्ति, गम्भीर बिरामीलाई कसरी समयमै उपचारका लागि पुर्याउने भन्ने नै प्रमुख चुनौती रहेको छ । आवश्यक पर्ने स्वास्थ्य सामाग्री जुटाउनमा पनि चुनौती रहेको छ । तर, यी सबै चुनौतीको सामना गरी अगाडि बढिरहेका छौं । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न सकिँदैन । ठाउँ अनुसार हेर्ने हो भने निषेधाज्ञा जरुरी पालिकामा छैन । ठाउँ ठाउँमा मात्र कोरोना भाइरस फैलिएको छ । यो महामारी पालिकामा न्यूनीकरण हुँदै आएको छ । निषेधाज्ञा पालिकामा खुकुलो नै छ । स–साना विकास निर्माण र कृषिको कामहरू सञ्चालन भइरहेको छ । अनावश्यक बाहिर हिँड्न पनि मानिसहरूलाई दिएका छैनौं । कोरोनाको संक्रमण बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । कति संक्रमित धान्न सक्छ त अब गाउँपालिकाले ? पालिकामा ५ बेडको आइसोलेसन सहितको कोभिड अस्पताल छ । ५ जना भन्दा बढि सङ्क्रमितहरू भए भने रेफर गरेर काठमाडौंसम्म पुर्याउँछौं । जिल्लामा २० बेडको आइसोलेसन छ तर, यस आइसोलेसनको पनि धेरै ठुलो क्षमता छैन । यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोरोना नियन्त्रणका लागी बजेटको प्रबन्ध कस्तो छ ? औषधी खरिदको लागि बजेट पालिकामा प्रर्याप्त छ । महामारी नियन्त्रण गर्नको लागी करोडौं रकम बजेट छुट्याउन हामी सक्दैनौं । हाल नै कोरोना महामारी नियन्त्रणको लागी पालिकामा बजेटको अभाव भएको छैन । गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ? पालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ । विशेष गरी विकास निर्माणका काम गर्ने र बाहिरी जिल्लाबाट आउने धेरै नागरिकहरु कोरोनाबाट संक्रमित भएका छन् । पालिकाका सबै वडामा नै सङ्क्रमितहरू भोटिएको छ । पछिल्लो समयमा कोरोना महामारी पालिकामा धेरै न्यूनीकरण भएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहातका कार्यक्रमहरू ल्याउनु भएको छ ? पालिकामा हालै राहातका कार्यत्रमहरु ल्याउनु पर्ने आवश्यकता छैन । किसानहरूलाई आफ्नो खोतीबाट खान पुगि रहेको छ भने सामान्य विकास निर्माणको काम पालिकामा चलिरहेको छ । क्वारेन्टिन र आइसोलेसनमा बसेका बिरामीहरूलाई हामी निःशुल्क खान खुवाउँदै आएका छौं । हाल राहातमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो रहेको छ । पालिकामा भ्याक्सिन लगाउनेको संख्या के छ ? पहिलो डोज लगाएका मानिसले दोस्रो डोज लगाउनु भनेको थियो तर, दोस्रो डोजको खोप कम आएको थियो । ८० जनाले दोस्रो डोज लगाएका छन् । ६० देखी ६५ वर्ष सम्मकालाई खोप लगाउनको लागी खोप पालिकामा आएको छ । संक्रमण थप नफैलिओस् भन्नका लागि के उपाय अपनाउनुभएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिका भित्र प्रवेश गर्ने नाकामा हेल्थडेक्सको स्थापना गरेका छौं । संक्रमित छ भने होम आइसोलेसनमा बस्नेलाई स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श दिन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । कान्छी कोशी नदीमा पुल निर्माणको लागी बहिरी ठाउँबाट कामदारहरू आउने भएको कारण सहजता गर्नु परेको छ । पालिकामा २ ओटा हाइड्रोपावर प्रोजेक्टको काम पनि सञ्चालन हुने तयारीमा छ । अहिलेसम्म हामीले कोरोना रोकथाम र संक्रमितको उपचारमा सकेजति गरिरहेका छौं । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी बजेट चाहिँ सहयोग मिलेको छैन तर, स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ? लिखु गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरीदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।