इप्पानले बाढीपीडितका लागि ५ करोड ५ लाखभन्दा बढी सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको क्षति भोगेका पीडितहरूका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  बिहीबार (भदौ ११ गते) बसेको कार्य समितिको २०६ औँ आकस्मिक तथा सल्लाहकारसहितको संयुक्त बैठकले इप्पान र यससँग सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको हो ।  इप्पान अध्यक्ष मोहन कुमार डाँगीका अनुसार उक्त रकम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा उपयुक्त समय मिलाएर हस्तान्तरण गरिनेछ । बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ लगायतका जिल्लाहरूमा ज्यान गुमाएका नागरिक, जलविद्युत आयोजनाका कर्मचारी तथा मजदूरहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । भोटेकोशीको बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन धेरै विद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएकोमा इप्पानले गहिरो दुःख व्यक्त गरेको छ। क्षति पुगेका आयोजनाहरूको पुनर्निर्माण र पुनस्र्थापनाका लागि नेपाल सरकारसँग आवश्यक समन्वय गरी पूर्ण सहायता पुर्‍याउने प्रतिबद्धतासमेत संस्थाले जनाएको छ। अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र केवल देशको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख-दुःखसँग पनि प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा सम्पूर्ण सदस्य कम्पनीहरूलाई एकजुट भई राहत अभियानमा सक्रिय र उदारपूर्वक सहयोग गर्न आह्वान गरेका छन् । 

बाढीले ४१ पुल पूर्ण रूपमा क्षतिग्रस्त, वेत्रावतीमा बेलिब्रिज राखिने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी-रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।  गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।  ‘पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ’, मन्त्रालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन् ।  आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ ।  पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ ।  वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन । सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ ।  क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।

४० किलोमिटर सडक र ४१ वटा पुल पूर्ण रुपमा क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रु बेँसी-रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ । यसैगरी, पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको मन्त्रालयले जनाएको छ ।  बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन् । आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ ।  पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रु बेँसी पुग्न सक्ने अवस्था छैन । सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनः निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।