निरोगी नेपाल निर्माणको लागि यी पाँच काम गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच काम गर्न आग्रह गरेका छन् । साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्दै उनले स्वस्थ्य र तुरुस्त राख्नकाे लागि सबै नागरिकलाई उक्त काम गर्न आग्रह गरेका हुन् । यस्ता छन् विभिन्न पाँच कार्यः पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफुलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं । दोश्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरै भित्र व्यायमलाई निरन्तरता दिऔं । तेश्रो, भाइरस फोहोरमा रमाउँछ । आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऔं । चौथो, स्वस्थ रहनको लागि पर्याप्त आहारहरु आवश्यक छ । यसमा ध्यान दिन दिऔं । पाचौं, भय र त्रास, चिन्ता र आशंकाले रोग व्याधीका विरुद्धको लडाइमा कमजोर तुल्याउँछ । त्यसैले, उच्च मनोबल कायम राखौं ।

मदिरा र सुर्तीमा कर बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी दिए । बैठकले समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । समितिले मदन भण्डारी विश्वविद्यालय विधेयक, केही शिक्षासम्बन्धी संशोधन गर्न बनेको विधेयकलगायत चार विधेयक पारित गरेको छ । समितिको वार्षिक प्रतिवेदन केही समयपछि सदनमा प्रस्तुत हुने छ । रासस

थप ६ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ६ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका देवकाटाले बताएका छन् । यसैगरी कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ जससँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ६ सय ८२ पुगेकाे छ जसमा १ सय १२ जना निकाे भएका छन् र ४ जनाकाे मृत्यु भएको  छ ।