उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित

काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । तीनैजना संक्रमित पुरुष र काठमाडाैंकाे रहेकाे उनले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ल्याबमा परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएकाे हाे ।

नेपालमा थप ५ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ९३ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार ७ सय ५५ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २६ सय ९८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २७ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ६ हजार २ सय ७१ काे पिसिआर विधि र २ लाख ९० हजारकाे ३ सय ४९ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ७१ हजार १२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३० जना आईसाेलेसनमा रहेका छन् ।

वितेको २४ घण्टामा थपिए करिब १ लाख ८० हजार कोरोना संक्रमित

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख १ हजार ५ सय ६२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९० हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ भने ५२ लाख ५४ हजार ९ सय ६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २६ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ४ हजार २ सय ९८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने अहिलेसम्म १५ हजार ३ सय ८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ११ हजार १ सय ६२ जना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ६ सय ५० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)