उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ४ जना पुरुष र २ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ पुरुष रहेकाे गाैतमले बताए ।  

नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार २ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ३१ सय ३४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख २३ हजार ६ सय ३० काे पिसिआर विधि र २ लाख ९७ हजारकाे ८ सय ७१ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ८५ जना आईसाेलेसनमा रहेका छन् ।

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचारकाे क्रममा एक जना कोरोना संक्रमित मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हाे । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियाे ।  दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको अस्पतालका एक कर्मचारीले जानकारी दिए । नेपाल योसँगै कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।