टिचिङ अस्पतालमा काेराेनाकाे कारण ४५ दिने शिशुकाे निधन
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुकाे काेराेनाकाे कारण निधन भएकाे छ । उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताए । शिशु म्याग्दी जिल्ला धवालगिरी नगरपालिका वडा नं ४ काे रहेकाे बताईएकाे छ । लामाे समयदेखि श्वासप्रश्वासमा समस्या रहेकाे उनलाई असार ९ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनकाे पहिलने चरणकाे डायलासिस समेत भएकाे गाैतमले जानकारी दिए ।
काठमाडाैं उपत्यकामा एकैदिन थपिए ३२ जना कोरोना संक्रमित
काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा एकैदिन ३२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ११ जना पुरुष र १७ महिला, ललितपुरकाे २ पुरुष र भक्तपुरकाे २ पुरुष रहेकाे गाैतमले बताए । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
नेपालमा थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५ सय नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७३ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १४ हजार ५ सय १९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ५३ सय २० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३१ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ३३ हजार ७ सय ६४ काे पिसिआर विधि र ३ लाख ६ सय २० जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ३८ हजार १ सय ९ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार १ सय ३७ जना आईसाेलेसनमा रहेका छन् ।