सल्यान अस्पतालकाे सेवा आजदेखि पुनःसञ्चालन
सल्यान । सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ । यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो । करीब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए । असार २१ गते कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा बन्द भएकामा आजदेखि नियमित रुपमा पुनःसञ्चालन भएको अस्पतालले जनाएको छ । रासस
नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि, सबैभन्दा बढी उपत्यकामा
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार ९ सय ६४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६८ सय ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ५५ हजार ७ सय २८ काे पिसिआर विधि र ३ लाख ११ हजार ७ सय ६४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर २९ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार १ सय १८ जना आईसाेलेसनमा रहेका छन् । सम्बन्धित समाचारः काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २४ जना, ललितपुरकाे २० जना र भक्तपुरकाे १० जना रहेकाे गाैतमले बताए । हालसम्म उपत्यकाका काठमाडौंका १ सय ५४ जना, ललितपुरका ३९ र भक्तपुरका ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।