नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त

काठमाडाैं । नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएका छन् । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् । उनले धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएका बताए । बुधबार नेपालमा २ सय ५५ जना काेराेना संक्रमित थपिएका छन् भने २ सय ५३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

काठमाडाैं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित

काठमाडाैं । बुधबार काठमाडौं उपत्यकामा एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे १६ जना, ललितपुरकाे ७ जना रहेकाे गाैतमले बताए । बुधबार नेपालमा २ सय ५५ जना काेराेना संक्रमित थपिएका छन् भने २ सय ५३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप २ सय ५५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ६६ हजार ४ सय ५७ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर २५ हजार ४० जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६ सय ३६ जना आईसाेलेसनमा रहेका छन् ।