नेपालमा थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ८२ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १४ हजार ८६ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ४६ सय ५६ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३० जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ३३ हजार २ सय २७ काे पिसिआर विधि र ३ लाख ६ सय २० जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ४८ हजार ३ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३ सय ६० जना आईसाेलेसनमा रहेका छन् ।
विश्वमा १ करोड ५ लाखभन्दा बढी कोरोना संक्रमित
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८३ हजार ९ सय पुगेको छ । नेपाली समय अनुसार बुधबार विहान साढे ६बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ जना रहेको छ । त्यस्तै ५७ लाख ९४ हजार ४ सय ८९ जना उपचार पछि निको भएका छन् । सबैभन्दा बढी २७ लाख २७ हजार ८ सय ६० जना कोरोना संक्रमित अमेरिका रहेका छन् । भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार पुगिसकेको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ९५ रहेका छन् भने १७ हजार ४ सय १० जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । त्यस्तै ३ हजार १ सय ९४ जना उपचार पछि निको भएका छन् ।
शिक्षण अस्पतालमा उपचाररत शिशुमा काेराेना देखियाे
फाइल फाेटाे । काठमाडाैं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत ४५ दिनका शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे । शिशुको सावधानीका साथ शल्यक्रिया गरिएको पनि बताइएकाे छ । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।