काठमाडौंमा कोरोना: १ जनाकाे मृत्यु, ६३ जना संक्रमित, ३० जना डिस्चार्ज
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै अहिलेसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिलेसम्म ३० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताएका छन् । मन्त्रालयका सह प्रवक्ता अधिकारीका अनुसार हाल उपत्यकाका ३३ जना भने उपचारको क्रममा रहेका छन् । जसमध्ये काठमाडौंको १७ जना, भक्तपुरको ११ जना र ललितपुर जिल्लाको ५ जना रहेका छन् । त्यस्तै, कूल ३३ जना कोरोना संक्रमित निकाे भएर घर फर्केका छन् । जसमा काठमाडौंका २४ जना, भक्तपुरका ५ जना र ललितपुरका १ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार उपत्यकामा एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ । उनी ललितपुर जिल्लाका हुन् । काठमाडौंमा उपत्यका र उपत्यकाबाहिरको गरेर उपचारको क्रममा ५१ जना हाल उपत्यका बाहिरका १८ जनाको काठमाडौंमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ । यससँगै उपत्यका र उपत्यका भित्र बाहिरका गरेर हाल काठमाडौंमा ५१ जना उपचारको क्रममा रहेका छन् । उनीहरूकाे काठमाडौंका ४ अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सामान्य रहेकाे अधिकारीले बताए । ‘काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल र बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा यी ५१ जनाकाे उपचार भइरहेकाे छ।’ उनले थप जानकारी दिए । हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा धेरै ३२ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना, बलम्भुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५ जना र त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालम ३ जना संक्रमितको उपचार भईरहेको सम्बन्धित अस्पतालले जनाएको छ । सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बैशाख ११ गते कोरोना संक्रमित मुक्त भएकाे थियाे काठमाडौं बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका पुरुष पुनः संक्रमण देखिएपछि काठमाडौंमा फेरि संक्रमण देखिन थाल्यो । त्यसपछि सरकारले संक्रमितको संख्या काठमाडौंमा कम देखिएको काराण लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए । चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् । यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए । यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ६३ पुगेकाे हाे ।
दैलेखमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । सुर्खेतमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सुर्खेतमा उपचाररत एक संक्रमितको मृत्यु भएकाे बताएका हुन् वीरेन्द्रनगरको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको र उनी लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका गाैतमले बताए । उनकाे असार ४ गते काेराेना पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउनेकाे संख्या २४ पुगेकाे छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टा यता थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १० हजार ९९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २२ सय २४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २४ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ८६ हजार ३ सय ६६ काे पिसिआर विधि र २ लाख ७१ हजारकाे ५ सय ८४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ८ सय ५२ जना आईसाेलेसनमा रहेका छन् ।