सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
काठमाडौं । नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पतालाई कारवाही गर्ने भएको छ । कोभिड १९ को संक्रमणको महामारीको समयमा केही निजी अस्पतालले सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको भन्दै आएको गुनासोमा ध्यानाकर्षण गर्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयले सो बताएको हो । साथै, अनावश्यक शुल्क लिने लगायतका गैह्र कानुनी गतिविधि नर्गन मन्त्रालयले व्यक्ति तथा संस्था जो कोहिलाई आग्रह गरेको छ । यदि त्यस्ता गतिविधि पाईएमा स्वास्थ्य मन्त्रालय र स्थानिय प्रशासनहरुमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै, उक्त किसिमका गैह्रकानुनी गतिविधिमा मन्त्रालयको नियमित अनुगमन भइरहेको र त्यस्तो पाइएमा नियमानुसार कडाभन्दा कडा कारवाही गरिने मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराएका छन् ।
घरमा गएर स्वाब संकलन गर्नेले ५ सयसम्म सेवा शुल्क लिन पाउने
काठमाडाैं । पिसिआर परीक्षणकाे लागि घरमै गएर स्वाब संकलन गर्ने व्यक्तिले सेवा शुल्क स्वरुप अधिकतम ५०० रुपैयाँ मात्र लिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे इन्सिडेन्ट कमाण्ड सिस्टमले घरमै गएर स्वाब परीक्षण गर्ने व्यक्तिकाे हकमा यस्ताे निर्णय गरिएकाे मन्त्रालयका प्रवक्त प्राडा जागेश्वर गाैतमले जानकारी दिए । यस्तै यसकाे लागि आवश्यक मापदण्डकाे व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य कार्यलयले बनाउने गाैतमले बताए ।
बुधबार ८ हजार ६५९ मा काेराेना संक्रमण पुष्टि, ५८ जनाकाे मृत्यु
काठमाडाैं । बुधबार नेपालभर ८ हजार ६५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ८ हजार ६५९ जनामा पिसिआर र ५४ जनामा एन्टिजेन्ट विधि मार्फत काेराेना संक्रमण पुष्टि भएकाे हाे । काठमाडौं उपत्यकामा मात्रै आज ३ हजार ८३५ जनामा कोरोना देखिएके छ । यस्तै आज १ हजार ९९३ संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा संक्रमण निकाे हुनेकाे दर ८०.६ प्रतिशत रहेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण ५८ जनाको मृत्यु भएको छ ।