२० हजार जनामा कोरोना परीक्षण गर्दा ९ हजारलाई देखियो

काठमाडाैं । पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

काभ्रेको चौंरीदेउराली गाउँपालिकाले १८ बेडको आइसोलेसन कक्ष बनाउने

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्न थाले पछि पालिकाले १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको छ । पालिकाको ३ ओटा अस्पातालमा १८ वेडको आइसोलेसन कक्ष बनाउने तयारीमा लागेको हो । धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० बेडको, डिसीडब्लुसि अस्पतालमा ५ बेडको र धुलिखेल अस्पतालको आउटरिच सलम्बुमा ३ बेड गरी जम्मा १८ ओटा आइसोलेसन कक्ष बनाउने तयारी गरेको पालिकाका सूचाना अधिकारी सफल दुलालले जानकारी दिए । पालिकाको बजार क्षेत्रहहरु बन्द नभए पनि भिडभाडलाई कम गर्नको लागि नागरिकहरुलाई अपील गरेको दुलालले जानकारी दिए । बाहिरी जिल्लाबाट आउने मानिहरुलाई १४ दिनसम्म क्वारेन्टिरमा बस्नको लागि पालिकाले आग्रह गरेको छ । मास्क क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई जोड दिएको पनि दुलालले जनाए । आइसोलेसन कक्षमा आवश्यक २० ओटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिने र उक्त सिलिन्डर खरिदको प्रक्रिया समेत अगाडि बढाउने तयारी गरेको दुलाले बताए ।

अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफैँ राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् । अक्सिजन सिलिण्डरको सङख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । उनका अनुसार धेरै भन्दा धेरै सिलिण्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउनु भनिएको छ । मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को आधारमा अनुगन गरी कारवाही गर्ने जनाएको छ । उनले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर अझै पनि सरकारको निर्णय विपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाएका छन् ।