सुकेधारामा सुविधासम्पन्न पाँच तारे होटल मर्क्योर (भिडियो स्टोरी)

काठमाडौं । काठमाडौंको चक्रपथ (रिङरोड) परिक्रमा गर्दा जोसुकैले पनि सहजै देख्न सक्छन् सुकेधारमा ठडिएको विशाल महल । सुकेधाराको मुहार नै परिवर्तन गर्ने गरी ठडिएको यो महल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले एकल लगानीमा सञ्चालनमा ल्याएको पाँच तारे होटल ‘‘मर्क्योर’ हो । करिब ५ वर्ष समय खर्चेर बनेको उक्त होटललाई विश्व प्रसिद्ध चेन ब्राण्ड ‘मर्क्योर बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी मर्क्योर ग्रुपले सम्हालेको हो । ‘मर्क्योर होटलका हरेक कोठामा काठमाडौंको भावना भरिएको र पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित सहरवरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देख्नेछन् । परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गरेको छ । होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट (डीवाईएनई) डाइनले अन्तर्राष्ट्रिय क्लासिकदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ । सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरुको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरुका लागि शुक्रबारले भित्री र बाहिरी दुवै सिटहरू भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ । पाहुनाहरूले होटलको रुफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्नेछन् भने स्टिम र साउना सुविधासहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन् । आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन् । मर्क्याेर होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरुसम्मका कार्यक्रम र जमघटहरुको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्वाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन् । ‘मर्क्याेर होटलले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने लक्ष्यलाई मूर्त रूप दिएको छ, ’ एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने, ‘मक्याेरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्भित र्छौं ।’ द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको बताए । सन् १९७३ मा स्थापना भएदेखि मर्क्याेर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रवर्द्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा एक हजारभन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचना विकास गर्दै गरेको मर्क्याेर प्रत्येक गन्तव्यका मौलिकता प्रवर्द्धन गरिरहेको होटलको दाबी छ । मक्याेरमा पाँच किसिमका गरी १०४ वटा कोठा छन्- सुपर स्विट, जुनियर स्विट, एक्जुकेटिभ स्विट, स्ट्यान्डर्ड किङ र स्ट्यान्डर्ड क्वीन । हरेक कोठाका सुविधा फरक छन् । विश्वप्रशिद्ध मर्क्याेर ब्राण्डमा पाँच तारे होटल सञ्चालनमा ल्याएका बस्नेतले इटहरीमा पनि विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ लाई भित्र्याएका छन् । व्यवसायी बस्नेतको एकल लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’ पनि २०२५ बाटै सञ्चालनमा आउने बताएका छन् ।

भारतमा आईफोन बनाउन नदिने चिनियाँ रणनीति, १४ अर्बको व्यापार पेचिलो बन्दै

काठमाडौ । चीनले भारतमा आईफोन उत्पादन गर्ने कारखानाहरू रोक्न खोजिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ताइवानको फक्सकनले एप्पलका लागि आईफोन बनाउँछ । यसले भारतस्थित आफ्ना कारखानाहरूमा चिनियाँ कामदार पठाउन बन्द गर्न लागेको रेस्ट अफ वर्ल्ड रिपोर्टले जनाएकाे छ । उसो त चीन र भारतबीचको सम्बन्ध राम्रो छैन । चीनले भारतलाई आफ्नो उत्पादन प्रभुत्वको सम्भावित प्रतिद्वन्द्वीको रूपमा हेर्छ । भारतमा फोन उत्पादन गर्न आवश्यक पर्ने मेसिनहरू पनि चीनबाट पठाइँदैनन् । यसमा चिनियाँ सरकार संलग्न रहेको विश्वास गरिन्छ। जसले भारतमा आईफोन उत्पादन गर्ने एप्पलको योजनालाई असर गर्न सक्ने विश्लेषकहरू बताउँछन् । एप्पल चीनमाथिको आफ्नो निर्भरता कम गर्न चाहे पनि यो निकै मुस्किल हुने देखिन्छ । एप्पलले चीन बाहिर आफ्नो आईफोन उत्पादन अन्य देशहरूमा विस्तार गर्न चाहन्छ । यसको एउटा प्रमुख कारण अमेरिका र चीनबीचको बढ्दो तनाव हो । यसबाहेक चीनको शून्य-कोभिड नीतिका कारण एप्पलले केही समस्याहरूको सामना गर्नुपरेको थियो । त्यसैले एप्पलले भारतमा आफ्ना केही सबैभन्दा उन्नत आईफोन मोडेलहरू उत्पादन गर्न सुरु गर्‍यो । यसको उद्देश्य दशकौंदेखि चीनमाथिको निर्भरता कम गर्नु थियो । चीन एप्पलको लागि दोस्रो ठूलो बजार पनि हो । भारतमा कर्मचारीको संख्या बढ्यो फक्सकनले सन् २०१९ मा तमिलनाडुस्थित आफ्नो प्लान्टमा आईफोन उत्पादन गर्न थालेको थियो । सुरुमा यहाँ पुराना मोडलहरू उत्पादन गरिन्थ्यो । २०२२ मा फक्सकनले आफ्नो भारतीय कारखाना र कर्मचारी संख्या विस्तार गर्न थालेको थियो । एप्पलको उद्देश्य भारतमा पनि नयाँ मोडलका आईफोनहरू उत्पादन गर्नु थियो । फक्सकनको तमिलनाडु र कर्नाटकमा दुईवटा प्लान्टहरू छन्, जहाँ हजारौं मानिसहरू काम गर्छन् । यद्यपि भारतमा आईफोन उत्पादन अझै पनि चिनियाँ कामदार, केही ताइवानी कामदार र चीनबाट आयात गरिएका प्रमुख मेसिनहरूमा निर्भर छ । फक्सकन र यसका उपकरण आपूर्तिकर्ताहरूले उत्पादन र मेसिनरी मर्मत गर्न सयौं प्रबन्धक, इन्जिनियर र प्राविधिकहरूलाई भारत पठाएका छन् । यद्यपि फक्सकनका चिनियाँ कर्मचारीहरूलाई भारत जानबाट रोक लगाइएको जनाइएको छ । भिसा र विमान टिकट भएकाहरूलाई पनि यात्रा गर्नबाट रोक लगाएको रेस्ट अफ वर्ल्ड रिपोर्टले जनाएकाे छ । भारतमा पहिले नै रहेका केही चिनियाँ कामदारहरूलाई निश्चित मितिअघि नै चीन फर्कन भनिएको छ । यो निर्देशन कर्मचारीहरूलाई मौखिक रूपमा दिइएको थियो । ताइवानी कामदारहरूलाई भारत पठाउने योजना यो समस्या समाधान गर्न फक्सकनले ताइवानी कर्मचारीहरूलाई भारत पठाउने योजना बनाइरहेको छ । ताइवानी कामदारहरूलाई भारत यात्रा गर्न कुनै प्रतिबन्ध छैन । यसबाहेक चीनमा अवस्थित फक्सकनका कारखानाहरूमा पनि अधूरा आईफोनहरूको उत्पादन बढाइएको छ । प्रारम्भिक चरणको आईफोन उत्पादन भारतमा सार्ने फक्सकनको योजना धेरै हदसम्म सफल भएको छ । तमिलनाडु प्लान्टले २०२४ मा पहिलो पटक नवीनतम आईफोन प्रो मोडल एसेम्बल गरेको थियो । एप्पलले मार्च २०२४ मा समाप्त हुने आर्थिक वर्षमा भारतमा लगभग १४ अर्ब डलर बराबरका आईफोनहरू एसेम्बल गरेको थियो । यो उत्पादन फक्सकन, पेगाट्रोन र भारतको टाटा समूहद्वारा सञ्चालित प्लान्टहरूमा गरिएको थियो । चीनमाथिको निर्भरता घटाउँदै कम्पनीहरू चीन र पश्चिमी देशहरू बीच बढ्दो व्यापार तनावका कारण लामो समयदेखि चीनमा निर्भर रहेका धेरै विश्वव्यापी कम्पनीहरूले अब आफ्नो उत्पादन दक्षिण एसिया वा दक्षिण पूर्वी एसियाका देशहरूमा स्थानान्तरण गरिरहेका छन् । चीनको शून्य कोभिड नीतिहरूले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ । चीन र भारतबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । सीमा विवाद र सैन्य गतिरोध यी तनावका प्रमुख कारणहरू हुन् । दुई देशबीच आर्थिक प्रतिस्पर्धा पनि छ । प्रिन्सटन विश्वविद्यालयका अनुसन्धानकर्ता काइल चान विश्वास गर्छन् कि भारतमा उत्पादनको यो परिवर्तनले चीन चिन्तित हुन सक्छ । चीनले भारतलाई भूराजनीतिक प्रतिद्वन्द्वी र लोकतान्त्रिक विकल्पको रूपमा हेर्दै आएको छ ।

२५ करोड पूँजी भएका कम्पनीहरू अब एसएमईज प्लेटफर्ममा, ५ सय कित्ता आईपीओ भर्नैपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेर लागू गरेको छ । बोर्डले बिहीबार नियमावली लागु भएको जानकारी गराएको हो । यो नियमावलीसँगै अब साना तथा मझौला संगठित संस्था (एसएमइज) ‘प्लेटफर्म’ मा प्रवेश गर्ने भएका हुन् । बोर्डका अनुसार अब लगानीकर्ताले एसएमइजको आईपीओमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने छ । सेबोनले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख थियो । एसएमईजले जारी पूँजीको ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । आईपीओ जारी गर्नुअघि १५ प्रतिशत संस्थागत लगानीकर्ता र ५ प्रतिशत मर्चेन्ट बैंकरले खरिद गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । दुवैले खरिद गरेको सेयरको ‘लकइन पिरियड’ तीन वर्ष राखिएको छ । सेबोनले चैत २०७९ मा मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाएको थियो । तर, ९ पुस २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकले यो नियमावली स्वीकृत गरेको हो । नियमावलीमा रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्ने उल्लेख छ। रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ । यो नियमावलीलाई आवश्यक कारबाही गर्न सेबोनले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरेको छ । [pdf id=534720]