सुर्या लाईफ इन्स्योरेन्सको व्यतित बीमामा सत्प्रतिशत ब्याज छुट, मंसिरदेखि जोखिम वहन नगर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट गरेको छ । व्यति (ल्याप्स) भएको सम्पुर्ण बीमालेखमा ब्याज छुटमा पुर्नजागर गर्न कात्तिक ३० गतेसम्म म्याद भएको कम्पनीले जनाएको छ । ३० गतेसम्म भुत्तानी नभए बीमालेखले मंसिरदेखि जोखिम बहन नगर्ने सुर्याले जनाएको छ ।

चुक्ता पूँजी १ अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरेन्स पहिलो

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा विगत साँढे दुई दशक देखी सक्रिय रहँदै आइराखेको हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजी एक अर्ब २ करोड पुर्याएको छ । बीमा समितीको निर्देशन अनुसार बीमा कम्पनीहरुले चुक्तापूँजी निर्जीवनको हकमा १ अर्ब र जीवनबीमाको हकमा दुई अर्ब पुर्याउनु पर्ने बाध्याकारी निर्देशन आएपछि कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याएको हो । यसरी चुक्ता पूँजी अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा एक अर्ब ३० करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ । साथै, कम्पनीले  निकट भविश्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने बताएको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवा प्रदान गर्दै आइराखेको छ ।

एसियन लाइफ इन्स्योरेन्सको पाल्पा र घोराही उपशाखा शाखामा परिणत

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाल्पा र घोराहीको उपशाखालाई स्तरोन्नती गरी शाखा कार्यलयको रुपमा सञ्चालनमा ल्याएको छ । पाल्पा उपशाखा शाखा कार्यालयको रुपमा बुधबारदेखि संचालनमा ल्याएको एसियनले जनाएको छ । दाङ्गको घोराहीको उपशाखालाई स्तरोन्नती गरी शुक्रबारदेखि संचालनमा ल्याएको छ ।पाल्पा तथा घोराही शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी ९५ वटा शाखा तथा उपशाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै जाने सीईओ श्रेष्ठले जानकारी दिए । कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक गरी १५ वटा बीमा योजना ल्याएको छ । गत असारसम्म जीवन बीमाकोष १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा ९ अर्ब ५४ करोड रुपैयाँ लगानी भएको छ । चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । निकट भविष्यमा चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।