प्रिमियर इन्स्योरेन्सको एफपीओ बिक्री खुला आजसम्म
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) बिक्री बुधबारसम्म मात्र खुला हुने भएको छ । गत आइतबारदेखि बिक्री खुला भएको एफपीओको माग भन्दा बढी आवेदन परेपछि बुधबार बैंकिङ सयमपछि बन्द हुने भएको हो । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । न्युनतम् १० देखि २ हजार २९० कित्तासम्म एफपीओ भर्न सकिने छ । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ ।
नेपाल रेटिङ एजेन्सीले व्यवसाय गर्न धितोपत्र बोर्डबाट पायो आशयपत्र, ५ महिनाभित्र सञ्चालनमा आउने
काठमाडौं । नेपालमा कम्पनीको स्तर निर्धारण (रेटिङ) गर्न विदेशी साझेदारीमा नयाँ संस्था सञ्चालनमा आउने भएको छ । दुवईको डन एन्ड ब्राव स्टे्टको मुख्य स्वामित्वमा नेपाल रेटिङ एजेन्सी (एनआरए) कम्पनी सञ्चालनमा आउन लागेको हो । रेटिग व्यवसाय सञ्चालन गर्न धितोपत्र बोर्डले सोमबार एनआरएलाई आशयपत्र (एलओआई) दिएको छ । आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको एनआरएका नेपाली साझेदार अनलराज भट्टराईले बताए । आवश्यक पुर्वाधारको काम सकेपछि बोर्डबाट अन्तिम स्वीकृती लिएर सञ्चालनमा आउने उनले जानकारी दिए । एनआरएको पुँजी १० लाख डलर अर्थात १० करोड नेपाली रुपैयाँ हुने छ । दुवईको डन एन्ड ब्रावले न्युनतम ५१ र बाँकी नेपालका २८ वटै वाणिज्य बैंकलाई साझेदार बनाउने योजना रहेको भट्टराईले सुनाए । एनआरएले कम्पनीको रेटिङका अतिरित्त वित्तीय परामर्श सेवा पनि प्रदान गर्ने उनको भनाई छ । विदेशी साझेदारसंग छलफल गरेर लगानीको खाका टुगाउने उनले जानकारी दिए ।नेपालमा भारतीय साझेदारीमा इक्रा नेपाल र हालै केयर रेटिङ एजेन्सी सञ्चालनमा आइसकेको छ । एनआरए तेस्रो कम्पनी हुने छ ।
प्रिमियर इन्स्योरेन्सको एफपीओ आजदेखि निष्कासन, प्रतिकित्ता ७९९
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) आइतबारदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । न्युनतम् १० देखि २ हजार २९० कित्तासम्म एफपीओ भर्न सकिने छ । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ । एफपीओ निष्कासन छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म तोकिएको छ । कम्पनीको सेयर देशभर ३८ स्थानबाट भर्न पाइने व्यवस्था गरिएको छ ।