अबदेखि इसीडी दुई वर्षको हुने

काठमाडौं । सामुदायिक र निजी विद्यालयको प्रारम्भिक बालविकास समिति (इसीडी) दुई वर्षको हुने भएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा यस्तो सहमति भएको हो। अब पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा भन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मत रुपमा पारित गरेको हो ।  त्यस्तै, बाल सहजकर्ताको रूपमा काम गर्ने सहजकर्ता कम्तीमा १२ कक्षा पढेको हुनु पर्ने प्रावधान राखिएको छ । उनीहरूलाई दिने सुविधा स्थानीय कानुनमा भए बमोजिम दिनु पर्ने भनेको छ ।   अहिले कार्यरत शिक्षकलाई आयोगले लिने परीक्षामा उमेर हद नलाग्ने व्यवस्था गरेको छ । इसीडी शिक्षकको वृद्धि विकासको विषय भने टुङ्गो लागेको छैन ।  समिति सभापति अम्मरबहादुर थापाले कानुन मन्त्रालयलाई वृद्धि विकासको आधार तय गरेर समितिमा पेश गर्न निर्देशन दिएका छन् ।

यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुँदैछ । ‍ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनितक एसईईको नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ ।  नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभी आरमा १६०० मार्फत नतिजा थाह पाउन सकिनेछ भने जानकी टेक्नोलोजी प्रालि ३५००१ मा एसएमएस गर्दा पनि नतिजा हेर्न सकिने छ ।  यस्तै आकाश टेक प्रालि ३१००३ मा एसएमएस, स्वीफ टेक्नोलोजी प्रालि ३४४५५अल स्टार आइटी सोलुसन्स प्राली ३४९३४९ मा एसएमस गर्दा मोबाइलमा सहजै तरिकाले नतिजा हेर्न सकिने छ । यस्तै विभिन्न वेवसाइटमार्फत पनि नतिजा हेर्न सकिने छ ।  जसमा राष्ट्रिय परक्षिा बोर्ड , परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेभसाइट www.see.gov.np, राष्ट्रिय परक्षिा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेशन लिमिटेड, इडियू सञ्जाल प्रालिको www.see.edusanjal.com, इसेवा लिमिटेड see.esewa.com.np, खल्ती प्रालि https://khalti.com/, कलेज इन्फो नेपाल प्रालि collegeinfonepal.com/see, द कनेक्ट प्लस प्रालि https://www.theconnectplus.com, बाह्रखरी मिडिया प्राली www.12khari.com, कलेज नेपाल प्रालि https://www.collegenepal.com.see_result/, एनसेल आजियाटा लिमिटेड https://www.ncell.com.np/en , स्विफ्ट टेक्नोलोजी प्राली https://swifttech.com.np/see-result/, निमा एजुकेशन फाउण्डेशन https://result.neemaacademy.com र स्मार्ट कार्ड प्राली seemypay.com.np मार्फत पनि नतिजा हेर्न सकिने छ ।

निजी विद्यालयलाई लोककल्याणकारी र गैरनाफामूलक बनाउने सहमति

काठमाडौं । निजी विद्यालयलाई सेवामूलक, लोक कल्याणकारी हुँदै गैरनाफामूलक गर्ने गरी संसदीय समितिमा सहमति जुटेको छ । निजी विद्यालयका बारेमा शुक्रबार विहानसम्म सांसदहरूबीच मत बाझिएको थियो ।  असार १५ आउन दुई दिनमात्र बाँकी रहँदा विद्यालय शिक्षा विधेयकमाथि छलफल तीव्र रूपमा भइरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारदेखि शुक्रबारसम्म तीव्र रूपमा छलफल गरिरहेको हो ।  बिहीबार दिनभरि पनि सांसदहरू छलफलमा व्यस्त थिए भने शुक्रबार पनि बिहानैदेखि छलफल जारी रहेको पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बताए । उनका अनुसार विवादित विषयमा बुधबारदेखि लगातार छलफल सुरु भइरहेको छ ।  बिहीबार निजी विद्यालयको विषय छलफल भएको थियो भने शुक्रबार यो विषय टुंगोमा लगाइ प्रारम्भिक बालविकास (इसीडी) का विषयमा छलफल सुरु भएको छ । समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए । यसमामा सांसदहरुले आआफ्ना तर्कसमेत राखेका थिए । त्यसपछि निजी विद्यालय सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामुलक बनाएर जाने गरी उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । इसीडीमाथि छलफल हुँदै निजी विद्यालयको विषय संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भइसकेपछि समितीको बैठकमा अहिले प्रारम्भिक बाल विकास (इसीडी) का बारेमा छलफल सुरु भएको छ । इसीडीलाई विद्यालयभित्र ल्याउनेकी छुट्टै बनाउने भन्ने विषयमा सहमति नजुटेकोमा अहिले सांसदहरू यो विषयमा धारणा राखिरहेका छन् ।  पूर्वशिक्षामन्त्री एवं एमाले सांसद विद्या भट्टराई इसीडीलाई विद्यालय संरचनामा ल्याउनुपर्ने बताउँछिन् । त्यसैगरी, पूर्वशिक्षामन्त्री एवं रास्वपाकी सांसद सुमना श्रेष्ठले बालविकासलाई विद्यालय शिक्षा संरचनामा मै राख्नु पर्न बताउँदै निजी र सामुदायिक बीच विभेद हुन नहुने बताइन् । इसीडीमा अहिले ३२ हजार सहजकर्ता छन् ।