'विद्यार्थीको पढाइ मात्र होइन, चौतर्फी विकासमा हामीले ध्यान दिन्छौं'
काठमाडौं । होटल म्यानेजमेन्ट वा शैक्षिक क्षेत्रमा सिन्धुली कलेजको नाम नसुन्ने सायद कमै होलान् । सिन्धुलीमा मात्र नभई काठमाडौं उपत्यका र देशैभर होटल म्यानेजमेन्टका क्षेत्रमा यसले आफ्नै पहिचान बनाएको छ । यसको उत्कृष्ट कार्यका कारण देशभर चर्चा हुने गरेको पाइन्छ । उत्कृष्ट नतिजा ल्याउन सफल यो कलेज अधिकांश विद्यार्थीको रोजाइमा पर्न थालेको छ । समयानुकूल शिक्षा प्रदान गर्दै आएको सिन्धुली कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक तथा प्रयोगात्मक सिकाइमा पनि जोड दिँदै आएको छ । यही सन्दर्भमा कलेजका प्रबन्ध निर्देशक समीर ढकालसँग गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ : सिन्धुली कलेज कहिले स्थापना भएको हो ? सिन्धुली कलेज २०७५ साल साउन ३१ गते स्थापना भएको हो । यो जनकपुर अञ्चल र सिन्धुली जिल्लाको पहिलो होटल म्यानेजमेन्ट कलेज हो । स्थापना हुँदा जम्मा १० जना विद्यार्थीबाट सुरू गरिएको थियो । विद्यार्थीले सिन्धुली कलेज नै किन रोज्छन् ? सिन्धुली यस्तो क्षेत्र हो जहाँका मानिसहरूले शिक्षा जत्तिकै सीपलाई पनि महत्व दिन्छन् । यहाँको ऐतिहासिक र भौगोलिक विशेषता, बढ्दो पर्यटक संख्या, प्राविधिक शिक्षामा देखिएको चासो र होटल तथा आतिथ्य क्षेत्रको विस्तारका कारण दक्ष जनशक्तिको खाँचो महसुस भयो । त्यसैले यो कलेज स्थापना गरिएको हो । यसमा सिन्धुलीको शिक्षा क्षेत्रका अग्रजहरूको समेत ठूलो भूमिका रहँदै आएको छ । कलेज स्थापना गर्दा के–कस्ता चुनौतीहरू भए ? हामी चुनौतीलाई सकारात्मक रूपमा लिन्छौं । सुरुवातमा होटल म्यानेजमेन्टलाई धेरैले भाँडा माझ्ने, फोहर उठाउने पेशाजस्तो सोच्थे । तर अहिले आफ्नै गाउँ–छिमेकका विद्यार्थीहरूले यसै क्षेत्रबाट आर्थिक सफलता हासिल गर्दै गर्दा ती भ्रम चिर्दै गएका छन् । होटल म्यानेजमेन्ट वास्तवमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, स्पा, क्रुज, एयरलाइन्स आदि विविध र सम्मानजनक क्षेत्रहरूको व्यवस्थापनसँग सम्बन्धित अध्ययन हो । हालका शिक्षा क्षेत्रका प्रमुख चुनौती के–के छन् ? अहिलेका चुनौतीहरू अलिक फरक छन् । उदाहरणका लागि, विद्यार्थीका लागि उत्कृष्ट पाँचतारे होटलहरूमा इन्टर्नशिपको व्यवस्था गर्नु, नयाँ मुलुकहरूमा अवसर पत्ता लगाउनु, सञ्चार र नेतृत्व क्षमताको विकास गर्नु, र उनीहरूमा विकासमुखी सोच बनाउनु, यी सबै चुनौती हुन् । यिनै चुनौती समाधान गर्न हामी निरन्तर लागिरहेका छौं । सिन्धुली कलेजमा के–के पाठ्यक्रम छन् ? हामीले एनइबी अन्तर्गत होटल म्यानेजमेन्ट, सामान्य व्यवस्थापन (कमर्स), र कम्प्युटर साइन्स पढाउँदै आएका छौं । साथै, छोटो अवधि, डिप्लोमा, र एडभान्स डिप्लोमा कोर्सहरू पनि छन् । दुई वर्षभित्र विद्यार्थीले पल्सटुको प्रमाणपत्रसँगै डिप्लोमा पनि प्राप्त गर्छन् । यसले उनीहरूलाई स्नातक तहमा अध्ययन गर्न मात्र होइन, विदेशमा राम्रो रोजगारीको अवसर पनि प्रदान गर्छ । अन्य कलेजभन्दा सिन्धुली कलेज किन विशेष छ ? हाम्रो कलेजको प्रमुख विशेषता व्यवहारिक शिक्षा हो । विशेषगरी डिप्लोमा कोर्सको ७०–८० प्रतिशत अंश व्यवहारिक हुन्छ । हामी इन्टर्नशिपमा पनि जोड दिन्छौं जहाँ विद्यार्थीले सम्मानजनक तलबसहित काम गर्छन् । त्यसपछि जापान, दुबई, कतार, मलेसिया, युरोपजस्ता मुलुकमा करिअर बनाउने अवसर उनीहरूले पाउँछन् । हालसम्म कलेजले के–के उपलब्धि हासिल गरिसकेको छ ? हामी सयौं विद्यार्थीलाई व्यावसायिक शिक्षा दिन सफल भएका छौं । हाल ७०–८० प्रतिशत विद्यार्थी नेपाल वा विदेशमा रोजगारीमा छन् वा व्यवसाय गरिरहेका छन् । १० भन्दा बढी विद्यार्थी विदेशमा 'अर्न एन्ड लर्न' मोडेलमा छन्, जहाँ उनीहरूले मासिक ४०–७० हजार रुपैयाँसम्म कमाउँदै स्नातक अध्ययन पनि गरिरहेका छन् । कलेजबाहिर तपाईंहरूको निकै चर्चा छ, यसको कारण के हो ? हामी अनुशासनलाई आधुनिक रूपमा बुझ्छौं । कडा अनुशासन होइन, काउन्सिलिङ र आत्मप्रेरणाको माध्यमबाट आतिथ्य क्षेत्रमा अनुशासन, सफाइ र व्यवस्थित व्यवहार अत्यावश्यक हुन्छ । यसै कारण हामी व्यक्तित्व विकास र सामाजिक मर्यादामा पनि विशेष ध्यान दिन्छौं । हालको पठनपाठन र नतिजा कस्तो छ ? सिन्धुलीका अनुभवी शिक्षकहरूको सहकार्यमा हाम्रा कक्षा मल्टिमिडिया, अडियो–भिडियो सामग्रीको प्रयोगमार्फत सञ्चालन हुन्छ । हाम्रो परीक्षाफल १००५ नै आएको छ, र हामी नतिजा मात्र होइन, सिकाइको गुणस्तरमा पनि नं. १ कलेजको रूपमा स्थापित भएका छौं । के कलेजको शाखा अन्यत्र पनि छ ? हाल सिन्धुली माढी, रत्माटामा रहेको कलेजको कुनै शाखा छैन । सबै कक्षाहरू मुख्य कलेज भवनमै सञ्चालन हुँदै आएका छन् । पढाइपछि विद्यार्थीहरू के गर्न सक्छन् ? हामीबाट पढेका विद्यार्थीहरूले होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म,बीबीए, बीबीएस, बीएससीआइटी लगायतका स्नातक तहमा पढ्न सक्छन् । रोजगारीका लागि होटल, रिसोर्ट, रेस्टुरेन्ट, बैंक्वेट, क्रुज, एयरलाइन्स, अस्पताल, इभेन्ट म्यानेजमेन्ट आदि क्षेत्रमा अवसरहरू उपलब्ध छन् । होटल म्यानेजमेन्ट पढेकाले व्यवस्थापन र आतिथ्य–दुवै क्षेत्रमा काम गर्न पाउँछन् । आगामी योजना के छन् ? हामी कलेजलाई छिट्टै विश्वस्तरीय पूर्वाधारसहितको शैक्षिक संस्थामा रूपान्तरण गर्ने योजनामा छौं । पाँचतारे होटलको झल्को दिने प्रयोगशालासहितको भवन, अत्याधुनिक कक्षा कोठा, खेलमैदान, मनोपरामर्श सेवा, तथा राष्ट्रियस्तरका व्यक्तित्वबाट प्रेरणामूलक कार्यक्रम समावेश गर्ने योजनामा छौं । अन्त्यमा केही भन्न चाहनुहुन्छ ? हामी तपाईंलाई व्यवहारिक शिक्षा दिन्छौं, चौतर्फी विकासमा जोड दिन्छौं, र तपाईंको करिअर बनाउने यात्रामा साथ दिन्छौं । दुई वर्षको पढाइ मात्र होइन, तपाईंको भविष्य सफल बनाउन हामी तपाईंसँग सधैं रहनेछौं । बजारका हल्लामा होइन, बुझेर निर्णय लिनुहोस्, भविष्य तपाईंको हो ।
टेक्सास : पढाइ मात्रै होइन, भविष्य बनाउने कलेज
ओखलढुङ्गाकी सुनिता धमला चाबहिलमा रहेको टेक्सास कलेजमा कक्षा १२ मा अध्ययन गर्छिन् । व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेकी उनी यो कलेजले किताबी ज्ञानसँगै बाह्य ज्ञान पनि प्रदान गर्ने गरेको बताउँछिन् । अरुको कुरा सुनेकै आधारमा टेक्सास भर्ना भएकी उनी अहिले राम्रो कलेज रोजेकोमा खुसी छिन् । गाउँबाट प्लसटु पढ्न काठमाडौं आएकी उनलाई पहिले कुन कलेज रोज्ने भन्ने अन्योल थियो । उनका गाउँका दाइदिदीहरूले टेक्सास कलेज राम्रो छ भनेपछि उनी भर्ना भएकी थिइन् । सुनिता अहिले आफूले राम्रो कलेज रोजेको रहेछु भन्ने लागेको बताउँछिन् । ‘अरुले भनेकै आधारमा भर्ना भएकी थिएँ, तर यहाँ अध्ययन गर्न सुरु गरेपछि सबै कुरा थाहा भयो,’ उनी भन्छिन्, ‘यहाँको वातावरण निकै राम्रो छ, शिक्षकहरू पनि साथी जस्तै हुनुहुन्छ, पढाइ पनि राम्रो छ सँगै स्पोर्टदेखि हरेक कुरामा विद्यार्थीले अवसर पाउँछन् ।’ उनी अहिले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई पनि टेक्सास रोज्न आग्रह गर्छिन् । युवाहरू विदेश गइरहेको बेला सुनिता भने नेपालमै काम गर्न इच्छा रहेको सुनाउँछिन् । प्लस टु मा व्यवस्थापन लिएर पढ्दा पछि सूचना प्रविधि, कानुन पढ्न पनि पाइने र बैंकिङ क्षेत्रमा काम गर्ने सोच रहेकाले पनि व्यवस्थापन रोजेको उनको भनाइ छ । सोलुखुम्बुका आशिषबाबु भट्टराई टेक्सास कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । उनका दाइ पनि यही कलेजमा अध्ययन गरेकाले उनलाई पनि यही कलेजमा भर्ना गरिदियो । दाइले भर्ना गरेर टेक्सासमा पढिरहेका उनी कलेजको वातावरण, यहाँका शिक्षकहरूको व्यवहार निकै राम्रो रहेको बताउँछन् । ‘यहाँ शिक्षकहरू पनि अनुभवी, पढाउने तरिका पनि राम्रो’ उनी भन्छन्, यस्तो वातावरणमा अध्ययन गर्दाको अनुवभ फरक हुन्छ ।’ उनी पनि नयाँ कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई टेक्सासमा आउन आग्रह गर्छन् । उनी व्यवस्थापन विषय लिएर पढ्दा अवसर पनि हुने र धेरै कुरा सिक्न मिल्ने हुँदा यो विषय रोजेको रोजेको बताउँछन् । कुनै पनि विद्यालय वा कलेजको पढाउने तरिका भन्दा पनि वातावरण महत्वपूर्ण हुन्छ । विद्यार्थीले विद्यालयमा पढ्न मात्र होइन खेल्न, रमाउन उफ्रन र कुरा गर्न पाउनुपर्छ । शिक्षकसँग डराएर भन्दा नजिकै भएर सम्बन्ध बनाउँदा विद्यार्थीले छिटो सिक्छन् । चाबहिलका आयाम पोख्रेल टेक्सासमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका छन् । अहिले कक्षा १२ मा अध्ययन गरिरहेका उनले विभिन्न अनलाइन, टिभीमा विज्ञापन देखेर रोजेको बताउँछन् । साथीहरूबाट पनि यो कलेज राम्रो छ भन्ने सुनेका र विज्ञापनको आधारमा कलेज रोजेका उनी टेक्सास वेस्ट कलेज रहेको बताउँछन् । यहाँ विद्यार्थीलाई आवश्यक पर्ने सबै ल्याबहरूको पनि सुविधा भएको र व्यवहारिक सिकाइ धेरै हुने गरेको उनले बताए । आफूलाई मात्र नभइ आफ्नो जीवनको विकास गर्नुछ भने उनी यो कलेज रोज्न सकिने उनको भनाइ छ । टेक्सासमा प्राक्टिकल र थेउरीकल ज्ञान दुवै राम्रो रहेका घर जस्तो वातावरण र साथीजस्ता शिक्षक खोज्नेहरूलाई टेक्सासमा आउन आग्रह गर्छन् । साेलुखुम्बुकी ससिशा राई एसईई पास भइसकेपछि कक्षा ११ मा अध्ययन गर्न राम्रो कलेजको खोजिमा थिइन् । उनले धेरै कलेजहरूको भिजिट गरिन् । जब उनी टेक्सास कलेजमा पुगिन् उनले कलेजको बारेमा सबै बुझिन् । उनलाई यहाँको वातावरण असाध्यै राम्रो लाग्यो । उनले यही कलेजमा अध्ययन गर्ने निधो गरिन् । विज्ञान विष लिएर टेक्सासमा अध्ययन गरिरहेकी उनी यहाँ शुल्क पनि धेरै महँगो नरहेको र सेवासुविधा पनि राम्रो हुँदा कलेज रोजेकोमा कुनै दुःख नलागेको बताउँछिन् । पढाइको लागिमात्र नभइ यहाँ खेलकुदमा रुचि भएकाहरूलाई खेल खेल्न पनि पाइन्छ । नाच्ने रहर भएकाहरूले नाच्न पनि पाउँछन् । उनी कम पैसामा राम्रो शिक्षाका लागि टेक्सास कलेज रोज्न सकिने बताउँछिन् । टेक्सास कलेजमा कक्षा ११ र १२ मा चार वटा विषय लिएर पढ्न पाइन्छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारवटा विषय पढाइ हुन्छ । यो कलेजले कक्षा ११ मा हरेक वर्ष १ हजार एक सय विद्यार्थीको भर्ना लिन्छ । किन रोज्ने टेक्सास ? कक्षा कोठालाई जीवनसँग जोड्न, किताबलाई जीवनयापनसँग जोड्न र पढाइ, पढाइसँगै जीवनलाई अगाडि बढाउन टेक्सास कलेज रोज्नुपर्ने शिक्षकहरू बताउँछन् । कलेजका बिजनेस डेभलपमेन्ट डिरेक्टर नारायण पोख्रेल कलेजले विद्यार्थी पढाएर मात्र नछोड्ने भएकाले पनि यो कलेज रोज्नुपर्ने बताउँछन् । विद्यार्थीले पढ्ने किताब जे छ त्यो किताबलाई जीवनसँग जोड्ने प्रयास टेक्सासको हुन्छ । ‘यहाँ शिक्षकले पढाएर छोड्ने काम मात्र हुँदैन । पढाइसँगै आ आफ्नो विषयसँग एक्सपोजर दिन्छौं जुन एक्सोपोजरले करियरमा पनि अगाडि बढाउन सजिलो हुन्छ,’ उनले भने । जस्तै विद्यार्थीले कम्प्युटर पढ्छ भने ११ र १२ मा गरी ३० वटा एक्स्ट्रा कोर्स स्टडी गर्नुपर्छ । विद्यार्थीलाई यो परीक्षामा आउँदैन तर जीवनलाई अगाडि बढाउन निकै सहयोगी हुन्छ । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि विद्यालयको आफ्नै ल्याब छ । ‘विद्यार्थीलाई हामी यसरी एक्सपोजर दिन्छौं, वास्तवमा हस्पिटालिटी भनेको सामान्य कुकिङ मात्र होइन यो साइन्ससँग सम्बन्धीत विषय रहेछ भन्ने थाह पाउँछ उनी भन्छन्,‘ विद्यार्थीलाई पढाइसँगै एकाउण्टिङको ट्रेनिङदेखि लिएर अन्य विषयमा पनि तालिमहरू दिन्छौं, साइन्स पढ्ने विद्यार्थीलाई ११ देखि प्रोजेक्ट फोकस गरेर लगिएको छ ।’ टेक्सासले अब किताब राम्रो पढाउनुपर्छ, पढ्नुपर्छ, राम्रो नम्बर ल्याउनुपर्छ भन्नेमात्र सोचाइ राख्दैन । विद्यार्थीलाई करियरमा अगाडि बढाउनको लागि सीप पनि चाहिन्छ र सिपसँगै ज्ञान पनि ११ कक्षादेखि दिदैँ जानुपर्छ भन्ने टेक्सासले ध्यान दिएको छ । विद्यार्थीले पढेरमात्र हुँदैन । उनीहरूले अनिवार्य प्रस्तुति गर्नुपर्छ । यस्तो कुराले उनीहरूलाई आत्मविश्वास दिलाउँछ । विद्यार्थी स्कुलभित्र मात्र नभइ मार्केटमा जाँदा पनि उ बोल्न सकोस् भन्ने हेतुले विभिन्न कार्यक्रमहरू गरिरहेका छौं । विद्यार्थीलाई दक्ष बनाउने त्यही अनुसारको दक्ष जनशक्ति आवश्यक पर्छ । टेक्सासले शिक्षकहरूलाई बेलाबेला विषयविज्ञहरू बोलाएर तालिम दिन्छ । कसरी विद्यार्थीलाई सजिलो तरिकाले रुचि पूवक पढाउने भन्ने विषयमा पनि कलेजले ध्यान दिन्छ । प्राविधिक विषयमा विद्यार्थीको रुचि कक्षा ११ मा भर्ना हुन तथा कलेजका बारेमा बुझन आउनेहरूको टेक्सासमा भिड दिनहुँ भिड लाग्ने गरेको छ । कलेजका अनुसार आजभोलि दिनहुँ पाँच भन्दा बढी विद्यार्थी अभिभावक कलेजमा आइरहेका छन् । कलेजमा अध्ययनका लागि र बुझ्न गर्न आउनेहरूसँग कुरा गर्दा प्राविधिक विषयमा विद्यार्थीहरू रुचि बढी गएको पाइन्छ । पोख्रेल भन्छन्, ‘अहिलेको समय, सामाजिको सञ्जालको प्रयोगले पनि हुन सक्छ विद्यार्थीको प्राविधिक विषयमा बढी रुचि छ ।’ टेक्सासमा आउने विद्यार्थीहरू धेरै जसो विज्ञान र व्यवस्थापनतिर आए पनि कम्पुयटर साइन्स, होटेल म्यानेजमन्ट तिर बढी जान्छन् । ‘विद्यार्थीको यस्तो रुचि छ कि मैले भोलि जे पढे पनि भोलि रोजगारी पाउनुपर्छ भन्ने सोच हुन्छ । अहिले अभिभावकले यही पढ, तिमी यस्तै बन्नुपर्छ भन्ने दबाब पनि दिइएको पाइँदैन । जे पढोस्, तर राम्रो गरोस् भन्ने उनीहरूको चाहना हुन्छ,’ उनले भने ।
टेक एक्सस् एलिभेट सुरू हुँदै, २० भन्दा बढी रोबोटिक्स र एआई परियोजना प्रस्तुत गरिने
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्सस् एलिभेट २०२५’ को तेस्रो संस्करणको घोषणा गरेको छ । असार ३२ देखि साउन ३ गतेसम्म चार दिन सञ्चालन हुने यो कार्यक्रम कलेजकै परिसरमा आयोजना हुनेछ । टेक एक्सस् एलिभेट २०२५ प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको उत्कृष्ट प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको छ । आयोजकहरूका अनुसार यसपटकको संस्करण अझ व्यापक, इनोभेटिभ र प्रेरणादायी बन्नेछ । प्रविधिको वास्तविक अभ्यासमा आधारित प्रोजेक्ट प्रदर्शनीमा करिब २० भन्दा बढी रोबोटिक्स र एआई परियोजनाहरू प्रस्तुत गरिने छन् । प्रमुख प्रोजेक्टहरूमा ‘करुणा’ (ज्ञानमा आधारित सहयोगी रोबोट), ‘मिरा’ (शिक्षा क्षेत्रमा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट), ‘वारदोग’ (सुरक्षा निगरानी प्रणाली), ‘स्टडीसेन्स’ र ‘तोमात्रों’ (कृषिमा एआई प्रयोग) समावेश छन् । साथै, केम्लाब वीआर, फिसअवेर, सुरक्षित एभी स्ट्रिम, फ्लिप आरएफआईडी च्यालेन्ज जस्ता परियोजनाहरूले पनि कार्यक्रम समृद्ध बनाउनेछन् । स्टार्टअप उत्सवमा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २० वटा स्टार्टअपहरूले आफ्ना व्यवसायिक मोडेल, नवप्रवर्तन र सोच प्रस्तुत गर्ने छन् । यसले नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने सन्देश दिनेछ । जब फेयर अन्तर्गत २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहनेछ । दुई दिने यो रोजगार मेलामा सहभागीहरूले सयौं रोजगारी तथा इन्टर्नसिप अवसरमा पहुँच पाउनेछन् । स्नातकदेखि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हुनेछ । उद्यमशीलता मास्टर कक्षा अन्तर्गत विद्यार्थीहरू व्यवसाय सुरु गर्ने अभ्यास, योजना बनाउने तरिका, लगानीकर्ता र मेन्टरहरूसँगको सिधा सम्पर्क र पिचिङ सेसनमा सहभागी हुने अवसर पाउनेछन् । इन्सपायर टक्स मा नेपालका सफल प्रविधिकर्मी तथा उद्यमीहरूद्वारा सञ्चालित प्रेरणादायी सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रहरूले सहभागीलाई फरक सोच्न र नयाँ दिशा पहिल्याउन उत्प्रेरणा दिने विश्वास लिइएको छ । २ वर्षभन्दा लामो अभ्यास गरेका विद्यार्थी समूहहरूबीचको ‘आइरन क्ल्यास - फलामको महासंग्राम’ नामक प्रतिस्पर्धामा प्रविधिको प्रयोग र कार्यान्वयन देख्न पाइनेछ । कार्यक्रममा भविष्यका टेक लिडर, रोजगारी खोजिरहेका आईटी विद्यार्थीहरू, नवप्रवर्तनशील स्टार्टअप फाउन्डर, लगानीकर्ता, मेन्टर, मिडिया र इन्फ्लुएन्सरहरू समेत सहभागी हुने अपेक्षा गरिएको छ । सफ्टवारिका कलेजले टेक एक्सस् एलिभेट २०२५ लाई शिक्षा, इनोभेसन र प्रभावशाली सोचको साझेदारीका रूपमा प्रस्तुत गर्दै प्रविधिमा आधारित, प्रयोगात्मक र विश्वस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।