अष्ट्रेलिया शैक्षिक मेलाको चौथों संस्करण हुने

काठमाडौं। अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गरि मेगा अष्ट्रेलिया शैक्षिक मेलाको चौथों संस्करण आयोजना हुने भएको छ । नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृति विषयमा सूचना दिन मेला आयोजना गरिएको आयोजकले जनाएको छ । यस मेला मङ्सिर ६ र ७ गते होटेल अन्नपूर्णमा आयोजना हुने छ । मेलामा विभिन्न कलेज तथा बिश्वबिद्यालयका प्रतिनिधिबाट छात्रवृत्ति तथा बिभिन्न कोर्ष सम्बन्धि जानकारी साथै बिद्यार्थीको लागि कुन बिषय ठिक भन्ने बारेमा समेत जानकारी दिइने छ ।  मेलामा जान कुनै शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ ।

सौगात मन्टेश्वरीद्धारा ११५ कुमारीको पुजा, नेपारी संस्कार सबैले मनाए

काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरीले शनिबार कुमारी पुजा कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ११५ जना कुमारीको पुजा गरिएको छ । कुमारी पुजा नेवारी समूदायमा चलिआएको संस्कार भए पनि स्कूलले आयोजना गरेको पुजामा सबै समूदाय सहभागि हुने गरेको, काठमाडौंभन्दा बाहिरका मानिसहरु पनि सहभागी हुने गरको सौगात मन्टेश्वरीकी प्रिन्सिपल राज्यलक्ष्मी बैदारले बताइन् । स्कूलले यस्तो कार्यक्रम हरेक वर्ष गर्ने गरेको र यस पटकको कार्यक्रम चौथो भएको उनले जानकारी दिइन् । जयप्रकाश मल्लको पालामा शुरु भएको कुमारी पुजाको परम्परालाई जोगाउने, नारीहरुको शुस्वास्थ्यको कामना गर्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कुमारीको आत्मामा तलेजु भवानीको बास हुन्छ, कुमारीलाई पुँजा गर्दा धेरै लाभ हुन्छ भन्ने विश्वास भएको उनले बताइन् । सानासाना बाबुनानीलाई कुमारी पुजा सिकाउन, परम्परा र संस्कार सिकाउन, अभिभावक र अभिभावकका आफन्तहरुसँग स्कूलको सम्बन्ध सुमधुर बनाउन यस्तो कार्यक्रम फलदायी भएको उनले बताइन् । कुमारी पुजामा स्थानीय महिलाहरुले नानीहरुलाई टिका लगाउने, माला लगाउने, पैसा दिने, कापी, कलम, मिठाई, वितरण गर्ने गरेका थिए । स्कूलले मैत्रीनगरस्थित इसानेश्वर मन्दीर परिसरमा कुमारी पुजा आयोजना गरेको हो । उक्त कार्यक्रमलाई कीर्तिपुर इनर व्हिल क्लब र स्थानीय समूदायले सहयोग गरेका छन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय समूदायको बाक्लो उपस्थिति थियो । सम्बन्धित समाचार अबको शिक्षा लौरो देखाएर होइन, मल्टिबोर्ड देखाएर

पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको बढ्दो आकर्षण

  काठमाडौं । पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको प्राविधिक शिक्षामा आकर्षण बढ्दै गएको छ । जिल्लाका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गरिएको महुरेगढी नमूना बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री) विषयमा भर्ना लिएको छ । तीनवर्षे कृषि, फरेस्ट्री, भेटेरेनरी, ओभरसियर, सब–ओभरसियर, प्लम्बर, कम्प्युटरलगायत सीपमूलक विषय अध्यापनका लागि उक्त शिक्षालयले स्थापनाको पहिलो वर्ष वन विज्ञानबाट पढाइ शुरु गरेको हो । सातवटै प्रदेशमा एक/एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले (आर्थिक वर्ष २०७३/०७४) को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रदेश नम्बर १ का लागि खोटाङमा स्थापना गरिएकोे उक्त शिक्षालयमा आगामी शैक्षिकसत्रदेखि सबै विषय पढाइ हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१स्थित सरस्वती माविले पनि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान (जेटीए) कक्षा शुरु गरेको छ । सीटीईभीटीको मान्यता प्राप्त उक्त विद्यालयमा प्राविधिक एसएलसीतर्फ १८ महिने अध्यापनको उक्त कक्षामा ४० विद्यार्थी भर्ना भएका छन् । छैसठ्ठी जनाको आवेदन परेकामा प्रवेश परीक्षा लिइ कोटाअनुसार भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक ध्यानबहादुर राईले बताएका छन् । २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक परीक्षाका माध्यमबाट पढाइ पूरा हुने विद्यालयले जनाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले पनि पशु विज्ञान विषयको १८ महिने कक्षा सञ्चालन गर्ने भएको छ । ज्योति मावि जालपा र सरस्वती मावि दिक्तेलले यसै वर्षदेखि पठनपाठन शुरु गरेको हो । खोटाङमा सिभिल इन्जिनियरिङ, वन विज्ञान, कृषि जेटीए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, ब्युटिसियन, मोबाइल मर्मतलगायत प्राविधिक विषयको अध्ययन तथा तालीममा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सामान्य शिक्षाले बेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेको अवस्थामा प्राविधिक शिक्षालयको लहर चलेको पञ्च मावि दिक्तेलका प्रधानाध्यापक भवकृष्ण ढकालले बताएका छन् । पञ्च माविले आर्थिक वर्ष २०६९/०७० देखि मावि तहमा बाली विज्ञान विषयअध्यपन गराउँदै आएको छ । यस्तै साकेला गाउँपालिकाको रतन्छास्थित साकेला माविले तीनवर्षे डिप्लोमा तहको बाली विज्ञान विषय अध्ययनको अनुमति पाएको  जनाएको छ । रासस