कंगारु एजुकेशन फेयर (अल नेपाल रोड शो पाँच शहरमा हुने

काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै कंगारु एजुकेशन फाउण्डेशनले देशका मुख्य ५ शहरमा बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो नाम दिईएको उक्त मेला आगामी कात्तिक २९ गते बिहीबार पुर्व झापाको मुख्य शहर विर्तामोडबाट शुरु हुनेछ । कात्तिक ३० र मंसिर १ गते हुने दोश्रो मेला काठमाडौंको पुतली सडक स्थित कंगारु एजुकेशन फाउण्डेशनकै कार्यालय परिसरमा हुनेछ । यस्तै मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुनेछ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिसरमा हुनेछन् । मेलामा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभिन्न २४ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु उपस्थित हुने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए । हामी सही सूचना र जानकारीको अभावका कारण नेपाली विद्यार्थीले भोग्नु पर्ने हैरानीको अन्त्य गर्न चाहन्छौं । यसका लागि जहाँ विद्यार्थी त्यहीँ जानकारी लिएर हामीले देशका मुख्य शहर केन्द्रित मेला आयोजना गर्न लागेका हौ प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले भने । विद्यार्थी अभिभावकलाई सही जानकारी दिन भन्दै काठमाडौंमा हुने शैक्षिक मेलाले देशका अन्य भागका ईच्छुक विद्यार्थीलाई समेट्न नसक्ने यथार्थताकै बीचमा हामीले काठमाडौं बाहिरका ती स्थानमा शाखा कार्यालय खोलेर सेवा प्रवाह गरिरहेका छौं । यसपटक हाम्रा ति विद्यार्थी र अभिभावकलाई चाहिने आवश्यक जानकारी लिएर उनीहरुकै सामु पुग्ने हाम्रो प्रयास हो । शैक्षिक मेलामा भाग लिन काठमाडौं सम्म आउँदा हुने समय र पैसाको लगानी र विद्यार्थी अभिभावकले बेहुर्ने पर्ने अन्य ब्यवस्थापकीय हैरानीबाट मुक्ति दिन यस पटक हरेक शहरमा विदेशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिलाई प्रत्यक्ष सहभागी गराउन लागिएको कंगारु एजुकेशन फाउण्डेशनका अध्यक्ष सुष्मिता पराजुलीले बताइन । मेलामा विद्यार्थीले आफू जान चाहेका देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, अधययनका बिषय, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी चासोका कुरा सम्बन्धित देशका कलेज प्रतिनिधिहरुबाटै जान्न सक्नेछन् । मेलामा सहभागी हुनेलाई पुरस्कार र पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको ब्यवस्था पनि गरिएको बताइएको छ । सही सूचना र जानकारी नपाएर कुनै एक जना नेपाली विद्यार्थी पनि ठगिन नपरोस्, शैक्षिक परामर्श क्षेत्रमा असल नियत राखेर कार्य गर्ने संस्थाहरु पनि छन् भन्ने मान्यता विस्तार गर्नु नै कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो को मुख्य ध्येय रहेको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन, दुईवटा विषयको परीक्षा हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको मापदण्ड संशाेधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब सी ग्रेड ल्याउने बिद्यार्थीले पनि उक्त परीक्षामा सामेल हुन पाउने छन् । त्यस्तै यहि असोज २० गते प्रकाशित नतिजामा कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन् । परीक्षा दिन चाहने परीक्षार्थीले यही मङ्सिर १६ गते भित्रमा सम्बन्धित कार्यालयमा नियम अनुसारको शुल्क सहित आवेदन फारम बुझाउनु पर्नेछ । परीक्षा मिति र परीक्षा केन्द्र पछी तोकिने राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ । यसअघि सी ग्रेड ल्याउने परीक्षार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था थिएन । तर सम्बन्धित विषयमा साे ग्रेडमात्र प्राप्त गर्नेले अर्काे तहमा पढ्न नपाउने भएपछि बाेर्डले साे बाटाे खुला गरेकाे हाे ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंककाे आग्रह, कसरी लिने कर्जा ?

काठमाडौं । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो । कसरी लिने कर्जा अर्थ मन्त्रालयले उक्त कार्यविधि ल्याएकाले शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने भएको छ तर लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक तह उत्तीर्ण विद्यार्थीले गत शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । सरकारको योजनानुसार माध्यमिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिन पाउने छन् । कार्यविधिअनुसार उच्च शिक्षा हासिल गर्न सहुलियत बैंकको आधार दरको दुई प्रतिशत नबढ्ने गरी ब्याजदरमा पाँच लाख रुपैयाँसम्म ऋण पाउनसक्ने व्यवस्था छ । उच्च शिक्षाका लागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ । उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितोस्वरुप राख्नुपर्छ । यसका लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थासहित राष्ट्र बैंकको मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने, प्यान नम्बर लिनुपर्ने र कालो सूचीमा नपरेको हुनुपर्नेछ । यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सीप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन् । रासस