इरानको उप स्वास्थ्य मन्त्रीसहित ३३ सांसद कोरोना संक्रमित, ५४ हजार कैदीलाई गर्याे रिहा
तेहरान । इरानको ३३ सांसदसहित उप स्वास्थ्य मन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जम्मा २ सय ९० सांसद रहेको इरानमा ३३ जनामा उक्त भाइरसको संक्रमण फेला परेको उपसभामुख अब्दुल रेजा मिस्रीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । इरानका सर्वाेच्च नेता अलि खामेनीलाई सभामुख अलि लरिजानीको पत्रलाई ध्यानमा राख्दै उक्त विषयको जानकारी दिएका हुन् । त्यस्तै इरान सरकारले जेलमा रहेका ५४ हजार कैदीलाई रिहा गरेको छ । कोरोनाको संक्रमण फैलिएसँगै इरान सरकारले उक्त कैदालाई रिहा गरेको हो । पछिल्लो समय इरानमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संक्रमित ३३ सांसदसहित स्वास्थ्य मन्त्रीलाई अन्य व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्कबाट टाढा रहन इरान सरकारले निर्देशन दिएको छ । इरानमा दुई हप्तामा सरकारका उच्च अधिकारीसहित ७७ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार ३ सयभन्दा बढी उक्त भाइरसबाट संक्रमित रहेका छन् । हाल विश्वमा ९० हजारभन्दा बढीमा व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ।
पाल्पाको विद्यालयलाई सिटिजन्स बैंकले दियो दश थान कम्प्युटर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको रैनादेवी छहरास्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको हो । निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिदो प्रतिस्प्रधात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ । यस बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई सहयोग, ४ सय ७६ विद्यार्थी लाभान्वित हुने
काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।