उच्च शिक्षाका लागि १६४ विदेशी विद्यार्थीले रोजे नेपाल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत ३ महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ । उच्च शिक्षाका लागि नेपालबाट दैनिक करिब ५ सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउनेक्रम देखिएको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त सङ्ख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रुपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाइएको हो । सो अवधिमा ३१ हजार १०४ नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुममतिपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी शङ्कर अधिकारीले जानकारी दिए ।
ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्टको पाँचौँ संस्करण आयोजना गर्दै
काठमाडौं । ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । ग्लोबल रिच नेपालले इन्टर स्कुल ए–लेभल तथा आइबिडीपी फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको हो । उक्त फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभल तथा आइबिडीपी स्कूल सहभागी हुने ग्लोबल रिच नेपालले जनाएको छ । एक दिन सञ्चालन हुने उक्त प्रतियोगिता ढुकु फुटसल हव बालुवाटारमा हुने जनाएको छ । यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वास्थ्य र मनोबलमा राम्रो प्रभाव पार्ने आयोजकको विश्वास छ । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाइने छ । प्रतियोगिता विहान १० बजे देखि सञ्चालन हुनेछ । प्रतियोगिमा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले रनरअफ ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । ग्लोबल रिच नेपालद्वारा आयोजित इन्टर स्कुल ए लेभल र आइ बि डी पी फुटसल टुनामेण्ट प्रतियोगिताको यो पाँचौँ संस्करण हो । ग्लोबल रिच नेपालले अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, युके, क्यानडा लगायतका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि अन्तर्राष्ट्रिय शिक्षाका बारेमा विगत ३२ वर्ष देखि निःशुल्क परामर्श प्रदान गर्दै आएको छ । उक्त प्रतियोगितामा निम्न स्कूलहरुको सहभागिता रहने छ ।
एनसीआईटीको परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न
काठमाडौं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)को वार्षिक कार्यक्रम ‘एनसीआईटी फेस्ट’ शनिबार भएको छ । यस अन्तर्गत स्नातक अध्ययनरत अन्तिम वर्षका विद्यार्थीले तयार पारेका परियोजनाको एक दिने प्रदर्शनी तथा करियर फेयर सम्पन्न गरियो । बालकुमारीस्थित कलेज परिसरमा भएको उक्त प्रदर्शनी कलेजको आयोजनामा भएको हो । यस वार्षिक कार्यक्रमको उद्देश्य एकेडेमिया र उद्योगबीचको अन्तर कम गर्नु रहेको छ । अन्तिम वर्षका विद्यार्थीहरूलाई भविष्य तथा आगामी जीवनबारे छलफल गर्न करियर फेयर गरियो । यसका लागि ६० बढी कम्पनीलाई बोलाइएको थियो । प्रदर्शनीमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न ५२ ओटा परियोजना राखिएको थियो । जसमा हाइकी ( इम्पावरिङ ट्रेकिङ एडभेन्चर, ई-स्वास्थ्य, डिजास्टर न्युज क्लासिफिकेसन, पी-टू-पी लेन्डिङ एप, भर्चुअल फिटनेस कोच, हेल्थ मेट, सानोलगानी, होम अटोमेसन, क्लिनगभ, होस्टल फाइन्डर, क्रप रेकमेन्डेसन सिस्टम लगायतका परियोजनाहरू थिए । यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । यसबाहेक ३७ स्टार्टअपको व्यापारिक योजना समेत प्रस्तुत भएको थियो । बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा ५०० बढीले अवकोलन गरे । कार्यक्रममा क्लाउड फ्याक्ट्री, जब्सनिपर, नेपाल ओपेन स्रोस क्लब, भेरिस्क इन्फर्मेसन टेक्नोलोजी, लगपोइन्ट, स्विफ्ट टेक्नोलोजी आदि कम्पनीका प्रतिनिधिहरू आएका थिए ।