बीमा बजारको नेतृत्व युवा पुस्ताको काँधमा, कार्यसम्पादन पनि राम्रो

विजयबहादुर शाह काठमाडौं, ५ साउन । गत महिना सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत केबी बस्नेतले अवकाश लिए । नेपालको बीमा बजारमा इतिहास नै रचेका बस्नेतले करिब ५७ वर्ष बीमा बजारमा काम गरे र ७८ वर्षको उमेरमा अवकाश लिए । उक्त कम्पनीको कार्यकारी प्रमुख पद उमेरले बस्नेतभन्दा ३० वर्ष कान्छा चंकी कुँवर क्षेत्रीले समाल्दै छन् । कम्पनीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । चंकी पछिल्लो उदाहरण पात्र मात्र हुन् । अहिले नेपालका अधिकांश बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतमा ५० वर्षभन्दा कम उमेरका छन् । प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विके महर्जन हाल ३९ वर्षका भए । उनले सो कम्पनीको कार्यकारी प्रमुख पद समालेको ८ वर्ष बितेको छ । जीवन बीमा कम्पनीहरुमध्ये अग्रपंत्तिमा रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा अहिले ४३ वर्षका भए । उनले कम्पनीको कार्यकारी नेतृत्व समालेको ६ वर्ष भयो । दीपप्रकाश पाण्डे प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यको उमेर ४० वर्ष मात्र हो । उनले यो कम्पनीमा कार्यकारी प्रमुखको भूमिका निर्वाह गरेको २ वर्ष भयो । ४० वर्षभन्दा कम उमेरमा बीमा कम्पनीको कार्यकारी प्रमुख हुनेहरु धेरै छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीका सुद्युम्न उपाध्याय, एशियन लाईफ इन्स्योरेन्सका राजेश श्रेष्ठ, यूनाईटेड इन्स्योरेन्सका शेखर बराल लगायतले उमेर चार दशक नबिताउँदै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका हुन् । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवारले पनि ४२ वर्षको उमेरमा प्रमुख कार्यकारीको जिम्मेवारी समालेका हुन् । युवाहरु नै सफल निर्जीवन बीमा कम्पनीमध्ये अग्रपंक्तिमा रहेको शिखर इन्स्योरेन्सले युवा नेतृत्व दीपप्रकाश पाण्डेकै अगुवाईमा बीमा बजारमा शिखर चुमिरहेको छ । उनले विगत १३ वर्षदेखि यो कम्पनीको नेतृत्व गरिरहेका छन् । जीवन बीमा कम्पनीको अगुवाई गरिरहेको नेपाल लाईफ इन्स्योरेन्समा विवेक झा प्रमुख कार्यकारी अधिकृत हुँदा जीवन बीमा कोष ७ अर्बको विवेक झा थियो, ६ वर्षमा ३० अर्ब रुपैयाँ पुग्यो । बजार हिस्सा २३ प्रतिशतबाट ३५ प्रतिशत पुगेको छ । ‘म कार्यकारी प्रमुख हुँदा कम्पनीमा २८६ जना कर्मचारी थिए, अहिले ३०० जना छौं’ झा भन्छन्–‘कम्पनीको व्यापार करिब ५ गुणा वृद्धि हुँदा कर्मचारी ५ प्रतिशतले मात्र वृद्धि भएको छ ।’ सफट्वेयर र एप्सको प्रयोगले व्यवस्थापन प्रभावकारी भएको उनले बताए । उनले व्यवस्थापकीय जिम्मेवारी लिएपछि कम्पनीले पहिलो वर्ष १२६ प्रतिशत, दोस्रो वर्ष ९८ प्रतिशत, तेस्रो वर्ष ६८ प्रतिशत र चौथो वर्ष २५ प्रतिशत लाभांश बाँड्यो । उनी भन्छन्–‘मैले व्यवस्थापन लिँदा बीमितलाई दिने बोनसको आधारमा कम्पनी तेस्रो स्थानमा थियो । विगत पाँच वर्षदेखि हामी सबैभन्दा अगाडि अर्थात पहिलो स्थानमा छौं ।’ विरेन्द्र बैद्यवारले सिद्धार्थ इन्स्योरेन्सको कार्यकारी प्रमुखको जिम्मेवारी समालेको दुई वर्ष पुरा भएको छैन । उनको नेतृत्वमा कम्पनीको विजनेश ७० करोडबाट ११५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको नाफा र सेयरको मूल्य ह्वात्तै बढेको छ । कम्पनी प्रतिस्पर्धामा अगाडि बढिरहेको छ । बैद्यवारको बुझाईमा युवा पुस्ताले कम्पनीको व्यवस्थापन नेतृत्व समाल्दैमा विल्कुलै नयाँ अपेक्षा गर्नु हुन्न । नयाँ नेतृत्वबाट सुधारको गुञ्जायस भने बढी नै हुन्छ । ‘म्यान्युयली हुदै आएका काम कम्प्यूटरबाट गराउने, सफ्टवेयर र एप्सहरुको प्रयोग बढाउने कार्य युवा नेतृत्वबाट छिटो हुनसक्छ’ विरेन्द्र बैद्यवार उनी भन्छन्–‘युवा नेतृत्वले समालेको कम्पनीमा दावी भुक्तानी छिटो भएको देखिन्छ । मोटिभेशन जगाउने काम भएका छन् । पहिला ट्यालेन्ट युथहरु रोजगारीको लागि बैंकिङ क्षेत्रमा मात्र रोज्ने, अहिले बीमा कम्पनीहरुप्रति आकर्षण बढेको छ ।’ प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य भन्छन्–‘नेतृत्वमा पहिला भिजन क्लियर हुनुपर्छ । भिजन क्लियर छ भने युवाले छिटो विश्लेषण गर्न र निर्णय लिन सक्छ ।’ प्रविधिको प्रयोग, आधुनिक व्यवस्थापन शैली, टिम वर्कमा युवा पुस्ता अगाडि भएको उनको भनाई छ । ‘शिखर इन्स्योरेन्समा दीपप्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्सका विजयबहादुर शाहको सफल नेतृत्वले पुष्टि गरिसकेको छ कि युवा नेतृत्वले बीमा कम्पनीहरुमा राम्रो प्रफमेन्स देखाईरहेको र यसले अरु कम्पनीमा पनि युवा पुस्तालाई जिम्मेवारी दिनुपर्छ भन्ने सन्देश गईरहेको छ’ बैद्यवारले बताए । एनएलजी इन्स्योरेन्स कम्पनीमा विजय ८ वर्ष पहिले नोक्सानमा थियो । २ वर्षदेखि वार्षिक साधारणसभा हुन सकेको थिएन । कम्पनीले बीमा क्षेत्रभन्दा बाहिरबाट चाटर्ड एकाउन्टेट विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत बनायो । संचित बज्राचार्य ‘म आउनुपूर्व कम्पनीको वार्षिक प्रिमियम २० करोड थियो, गत आर्थिक वर्षमा हामीले १२१ करोड प्रिमियम संकलन गरेका छौं, नोक्सानमा गएको कम्पनीले सेयरधनीलाई हरेक वर्ष २० प्रतिशत लाभांश दिन थालेको छ’–शाहले भन्छन्–कम्पनीले सन् २०१३ मा न्यूविज अवार्ड पायो, म्यानले सन् २०१४ बेष्ट म्यानेजर अफ द एयर अवार्ड दियो, साफाले सन् २०१५ मा उत्कृष्ट एकाउण्ट अवार्ड दिएर सम्मान गर्यो ।’ प्रिमियर इन्स्योरेन्समा सुद्युम्न उपाध्यायले नेतृत्व लिएपछि कम्पनीको व्यापार, नाफा, ब्राण्ड इमेज सबै राम्रो भएको एक सेयरधनीले बताए । सुद्युम्न उपाध्यायले प्रिमियर इन्स्योरन्सको कार्यकारी प्रमुखको जिम्मेवारी समालेको ६ वर्ष भयो । ‘मैले जिम्मेवारी लिदा कम्पनीको वार्षिक प्रिमियम १७ करोड थियो । गत आर्थिक वर्षमा १०० करोड नाघेको छ’ उपाध्ययनले भने । कम्पनी विवादमा परेपछि एशियन लाईफ इन्स्योरेन्सका कार्यकारी प्रमुख बनेका राजेश श्रेष्ठले विवाद समाधानका साथै कम्पनीको व्यापार विस्तारमा पनि सफलता हासिल गर्दै आएका छन् । ‘चार वर्षमा जीवन बीमा कोष २१४ करोडबाट ८०० करोड रुपैयाँ पुगेको छ । वार्षिक प्रिमियम १०३ करोडबाट २०० करोड रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता चङ्की कुँवर क्षेत्री १८९ बाट १८०० नाघेको छ’ राजेश श्रेष्ठ भन्छन्–‘कम्पनीको सुशासनमा पक्ष राम्रो भएको छ, बीमा समितिले दिएको हरेक निर्देशन र नीतिको पूर्ण पालना भएको छ ।’ संस्थागत सुशासन निर्देशकाले बीमा कम्पनीका कार्यकारी प्रमुखको शैक्षिक योग्यताको साथै अनुभव पनि तोकेकोले बीमा क्षेत्रमा नयाँ पुस्ताले छिटो अवसर पाएको जानकारहरु बताउँछन् । कार्यकारी प्रमुखले एउटै कम्पनीमा दुई कार्यकाल भन्दा बढी काम गर्न नपाउने व्यवस्थाले नेतृत्व हस्तान्तरणलाई अझ गतिशिल बनाउने अनुमान गरिएको छ ।

जीबन बीमा ब्यवसायको बृद्धि २८ प्रतिशत, कुन कम्पनीको बृद्धिदर कति ?

काठमाडौं, ४ साउन । गत आर्थिक बर्षमा जीबन बीमा ब्यवसायको बृद्धिदर झण्डै २८ प्रतिशत पुगको छ । संचालनमा रहेका जीबन बीमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कको आधारमा बृद्धि दर यस्तो देखिएको हो । यो बृद्धिदर अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा कम्पनीहरुले संकलन गरेको बीमा शुल्कका आधारमा देखिएको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार जीबन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनको बृद्धिदर २७ दशमलब ५९ प्रतिशत पुगेको छ । कम्पनीहरुले गत आर्थिक बर्षमा ९ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क, २० अर्ब ६५ करोड ६५ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी कुल बीमा शुल्क ३१ अर्ब ८६ करोड २५ लाख रुपैयाँ आर्जन गरेका छन् । अघिल्लो आर्थिक बर्षमा कम्पनीहरुले ७ अर्ब ७२ करोड ४५ लाख रुपैयाँ प्रथम बीमा शुल्क, १५ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १ अर्ब ७२ करोड १३ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी कुल बीमा शुल्क २४ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जनको बृद्धिदर ११ दशमलब ११ प्रतिशत पुगेको छ । संस्थानले गत आर्थिक बर्षमा ३० करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क, २ अर्ब १७ करोड ४८ लाख रुपैयाँ नविकरणीय गरी २ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर २७ दशमलब १६ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा १ अर्ब २ करोड ९७ लाख रुपैयाँ प्रथम बीमा शुल्क, २ अर्ब २८ करोड ५० लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४२ करोड ९ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ३ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ११ दशमलब ११ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ३ अर्ब २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ६ अर्ब ४२ करोड रुपैयाँ नविकरणीय बीमा शुल्क र ५३ करोड रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १० अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ३४ दशमलब ०२ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा २ अर्ब १५ करोड ९३ लाख रुपैयाँ प्रथम बीमा शुल्क, ४ अर्ब ७९ करोड ६० लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र १८ करोड ७५ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ७ अर्ब १४ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर १७ दशमलब २५ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ६० करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ४० करोड २ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क गरी २ अर्ब २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ४५ दशमलब ४४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ४० करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क, ४० करोड ९४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र २३ करोड ६७ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १ अर्ब ५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर ३९ दशमलब ९४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ३६ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ५५ करोड १ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४ करोड ८६ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी ९६ करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जनको बृद्धिदर २८ दशमलब २४ प्रतिशत छ । कम्पनीले गत आर्थिक बर्षमा ५१ करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क, ८० करोड ७५ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क र ४० करोड ३३ लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क गरी १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शाखाको रुपमा नेपालमा कार्यरत मेटलाइफ एलिकोको कम्पनीको बीमा शुल्क आर्जन बृद्धिदर २६ दशमलब ६ प्रतिशत छ । गत आर्थिक बर्षमा कम्पनीले ७१ करोड ४६ लाख र १ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ नविकरणीय बीमा शुल्क गरी २ अर्ब ५२ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले दियो सुरक्षा बचत खाता बीमाको एक लाख रुपैयाँ

काठमाडौं, ३ साउन । नेपाल इन्भेष्टमेण्ट बैंकले बचत खाता धनी स्वर्गीय जसोदा देवी कानु वानीयाको जीवन बीमा बापतको एक लाख रुपैयाँ इन्स्योरेन्स उपलब्ध गराएको छ । बैंकले बैंकमा खाता खोल्ने ग्राहकहरुका लागि १ लाख रुपैयाँको निशुल्क जीवन बीमा वा २ लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गराउदै आएको छ । सोही व्यवस्था अनुरुप बचत खाता धनी जसोदा देवी कानु वानियाको कानूनी वारिस, इन्स्योरेन्स गर्ने व्यवस्था अनुसार गणेश कानु बानीयालाई एक लाख रुपैयाँ दिएको छ । बैंकले नेपाल लाईफ इन्स्योरेन्ससँग मिलेर “सुरक्षा बचत खाता” धनीहरुका लागि निशुल्क जीवन बीमा वा दुर्घटना मृत्यु बीमाको सुविधा उपलब्ध गराई आई रहेको छ । यो सुबिधा हाललाई १८ देखि ६० बर्षका सम्पूर्ण नेपाली नागरिकहरुका लागी उपलब्ध रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।