सेञ्चुरी बैंक र आईएमइ लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आईएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । बैंकले हाल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

एसियन लाइफको बोनस सेयर ५० प्रतिशत घट्यो, अब ६ प्रतिशत मात्रै

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर ५० प्रतिशतले घटेको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर घटाएर ६ प्रतिशतमा झारेको हो । कम्पनीले अब लगानी कर्तालाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैशाख १२ गते बसेको सञ्चालक समिति बैठकले बीमा समितिको निर्देशन अनुसार बोनस सेयरको दर घटाएर ६ प्रतिशत बनाएको हो ।

आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) युगेशभक्तबादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका सिईओ श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमा लेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने बताएका छन् । साथै श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गरेका छन् । अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।