अब सिभिल बैंकबाटै ज्योती लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात अब सिभिल बैंकका ग्राहकले कम्पनीको जुनसुकै शाखाबाट ज्योती लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । हाल बैंकको शाखा संख्या ७१ रहेको छ एन.एफ.आर.यस.अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ कमाएको छ । जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९ प्रतिशत बढी रहेको बैंकले जनाएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सले पायाे ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८’ पाएकाे छ । उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर (सिएचआरओ) एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेको हो । इन्स्योरेन्सले बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान व्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिवृद्धि गरेकाेले उक्त अवार्डबाट सम्मानित भएकाे हाे । साथै, सिएचआरओले त्यस्तो क्षमता प्रभावकारी रुपमा कम्पनी हितको लागि प्रयोग गर्ने संस्थालाई प्रदान गर्दै आइरहेको छ ।
सिभिल बैंक र अजोड इन्स्योेरेन्सबीच बीमा सेवा सम्झौता
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौतासंगै सिभिल बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा सिभिल बैंकका सबै शाखाबाट लिन सक्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।