सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्स बीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड बीच बीमा सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । यसबाट बैंककाग्राहकहरु लाभान्वितहुनुका साथै छिटो, छरितो र सहज रुपमाबीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्ने विश्वास बैंकले लिएको छ ।

अजोड इन्स्योरेन्सको जनकपुर शाखा उद्घाटन

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखा कार्यालयको उद्घाटन भएको छ । संस्थाका संचालक रामबहादुर गुरुङ्ग तथा प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको उपस्थितिमा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादवबाट उद्घाटन भएको हो । उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृतसुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु सर्वसाधारण, संघ संस्था, कलकारखानामा तथा कम्पनीहरुलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए ।

इटहरीमा अजोड इन्स्योरेन्सको शाखा उद्घाटन

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको इटहरी शाखा कार्यालय उद्घाटन भएको छ । उद्योग वाणिज्य महासंघको सुनसरीको कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का इटहरी शाखा प्रमुख खगेन्द्र गिरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले मन्तव्य व्यक्त गरेका थिए ।