अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा उद्घाटन

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा कार्यालयको उद्घाटन भएको छ । रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले कार्यालय उद्घाटन गरेकी हुन् । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।

राजुरमण पौडेल बीमा समितिको कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल बढुवा भएका छन् । बीमा समितिको सोमबार बसेको संचालक समिती बैठकले पौडेललाई कार्यकारी निर्देसकमा पदोन्नति गरेको हो । पौडेलले यश अघि निमित्त कार्यकारी निर्देसकको रूपमा काम गरिरहेका थिए । पौडेलले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् । उनले बीमा समितिको नियामकिय क्षमता सशक्त बनाउदै बिमाको पहुँच बिस्तारमा ध्यान दिने बताए ।

बीमा संस्थानद्वारा इटहरीमा बीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन

काठमाडौँ । इटहरीमा जीवन बीमा अभिकर्ताहरुका लागि आधारभूत तालिम कार्यक्रम सञ्चालन भएको छ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा बैशाख ८ गतेदेखि ३ दिने कार्यक्रम सञ्चालन भएको हो । व्यवसाय बृद्धि तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा ५० जना सहभागी रहेको बीमा संस्थानले जनाएको छ । तालिममा जीवन बीमाको महत्व, प्रकार, सिद्धान्त र इतिहास, राष्ट्रिय बीमा संस्थानका बीमालेखहरु, बीमा अभिकर्ताको आचारसंहिता, फाइदा, सेवासुबिधा तथा बीमा ऐन २०४९ र राष्ट्रिय बीमा ऐनको बारेमा प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।