आईएमई लाईफले दियो सम्पति शुद्धिकरण सम्बन्धी तालिम
काठमाडौं । आईएमई लाईफले सम्पति शुद्धिकरण सम्बन्धी वित्तिय लगानी निवारण तालिम प्रदान गरेको छ । आईएमई लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । उक्त कार्यक्रम बिहीबार सम्पन्न गरेको हो । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा ब्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिस्तृत प्रशिक्षण गराएका थिए । गैर कानूनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धिकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के के हुन, रिर्पोटिंग कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले सम्पत्ति शुद्धिकरण प्रक्रिया र औचित्य बारेमा प्रकाश पारेका थिए ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको संचालकमा पन्त नियुक्त
काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संचालक विजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीकाे वैशाख छ गते बसेकाे बैठकले पन्तलाई स्वतन्त्र संचालक हिमालयन एभरेष्ट इन्स्याेरेन्स नियुक्त गरेकाे हाे । काठमाडाैंकाे सुकेधाराका पन्त ४ वर्षकाे लागि संचालक पदमा रहने कम्पनीले जनाएकाे छ ।
आइएमई पेबाट विभिन्न इन्स्योरेन्सको बीमा नविकरण गर्दा सतप्रतिशत क्यासब्याक
काठमाडौं । अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ । ग्राहकले आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् । सो सेवा अन्तर्गत ‘आइएमई पे’मार्फत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्स्याेरेन्स लगायत अन्य विभिन्न इन्स्याेरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न सकिनेछ । यसका साथै, नयाँ वर्ष २०८० को उप्लक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १००५ क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने कम्पनीले जानकारी दिएकाे छ ।