महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, बीमितले ५१ रुपैयाँ पाउने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत भई बीमा लेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस्तै, कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्युनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपंयाँ बोनस दसर तोकेको छ । बीमा योजनाको अवधिमा बिमीले सो बोनस दर प्राप्त गर्न सक्नेछन् । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजना, महालक्ष्मी धनधान्य बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।

कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नु पर्छ, २ प्रतिशत नाफा नपाए गुनासो गर्नुहोस् : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कर्मचारीहरुले चेन अफ कमाण्डमा बस्नु पर्ने बताएका छन् । बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशन उद्घाटन कर्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । कुनै कम्पनीले नाफाको २ प्रतिशत कर्मचारीलाई वितरण नगरेको भए प्राधिकरणलाई जानकारी गराउन उनले आग्रह गरे । ‘बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ, अस्वस्थ प्रतिस्पर्धा गर्नु हुँदैन, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुपर्यो, कर्मचारीहरु पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुपर्छ,’ उनले भने, ‘कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नुपर्छ, कम्पनीले मुनाफाको २ प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुपर्ने व्यवस्था छ, यदि २ प्रतिशत नाफा नपाएका कर्मचारीहरुले प्राधिकरणलाई जानकारी दिनुहोस् ।’ बीमा कम्पनीका कर्मचारीहरुका एकैखालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने उनको भनाइ छ । प्राधिकरणको पटक–पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार भएको बताउँदै उनले गत आर्थिक वर्षमा करिव ४४ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी भएको बताए । बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताए । बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरु संचालनमा आएको उनले स्पष्ट पारे । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा प्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए । प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी)ले संस्थालाई सफलरुपमा अघिबढाउन व्यवस्थापन र कर्मचारी संघ संस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताइन् ।

गुराँस लाइफ इन्स्योरेन्सद्वारा २३ लाखकाे मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो । कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कम्पनीको अनुसार स्व. काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए ।