एलआइसी नेपालको अध्यक्षमा सिद्धार्थ महान्थि, संचालकमा तबलेश पाण्डेय

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको अध्यक्षमा सिद्धार्थ महान्थि नियुक्त भएका छन् । कर्पोरेशनको संचालक समितिको अध्यक्ष पदको रिक्त स्थानमा चैत १२ गतेको रेगुलर रिजोलुसनद्धारा उनी अध्यक्षमा नियुक्त भएका हुन् । महान्ती भारतिय जिवन बीमा निगमको वर्तमान अध्यक्षसमेत हुन् । यस्तै, कर्पोरेशनका संचालक सलस्यको रुपमा तबलेश पाण्डेय नियुक्त भएका छन् ।

एनएलजी इन्स्योरेन्सका संचालक कविराज अधिकारीले दिए राजीनामा

काठमाडौ । एनएलजी इन्स्यारेन्सका स्वतन्त्र संचालक कविराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले व्यक्तिगत कारण देखाउँदै कम्पनीको स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार स्वीकृत भएको छ । संचालक समितिको बिहीबार ११:५० मा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएकाे छ ।

एलआईसी नेपालको सीईओमा प्रणय कुमार नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रणय कुमार नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रणय कुमारलाई सीईओमा नियुक्त गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम बीमा प्राधिकरणले उनलाई सीईओ बन्न बैशाख ६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । प्रणय कुमारलाई आगामी तीन वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ । उनी एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) पदमा कार्यरत थिए । यसअघि कम्पनीको सीईओमा लक्ष्मी प्रसाद दास कार्यरत थिए । उनको कार्यकाल गत माघमा सकिएको भएपनि ६ महिनाको लागि म्याद थप गरेको थियो । उनको ६ महिनाको अवधि नसकिँदै प्रणय कुमारलाई नयाँ सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।