सन नेपालको दशैँ फोटो प्रतियोगिताः टिकाको फोटो पोष्ट गरी १० हजार रुपैयाँ जित्ने मौका
काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ’हाम्रो परिवार हाम्रो दशैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनी माझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । यस प्रतियोगितामा भाग लिनको लागि सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फलो गरि आफ्नो परिवारसँग खिचिएको विजयादशमीको टिकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरि क्याप्सनमा दशैँको मिठो सन्देश लेखी सन नेपालको आधिकारिक पेजलाई मेन्सन गर्नु पर्नेछ । फोटो पोष्ट गर्दा ह्याश ट्याग हाम्रो दशैँको टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेहरू मध्ये एक भावशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले जनाएको छ । दशैँको टिकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।
२ बीमा कम्पनीबाट संस्थापक बाहिरिँदै, आईजीआई प्रुडेन्सियलका तीन जनाले बिक्रीमा राखे सेयर
काठमाडाैँ । दुई निर्जीवन बीमा कम्पनीको ७ लाख १८ हजार ४५ कित्ता संस्थापक सेयर विक्रीमा राखिएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर विक्रीमा राखिएको हाे । कम्पनीहरुले बिहिबार एक सूचना जारी गर्दै संस्थापक राखिएको उक्त सेयर विक्रीमा राखेको जानकारी दिएका हुन् । छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट ३ जना संस्थापक लगानीकता बाहिरिने भएका छन् । संस्थापक सेयरधनीहरु कुमार पौडेल, सुमन पोखरेल र अन्जन भण्डारीले सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् । उनीहरुले जम्मा ३ लाख ४४ हजार कित्ता सेयर विक्री गर्ने भएका हुन् । जसमध्ये पौडेलले २ लाख ५० हजार, पोखरलेले ८० हजार र भण्डारीले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिले ३५ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । यस्तै, यूनाईटेड अजोड इन्स्योरेन्सको ३ लाख ७४ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले आईजे ग्रुपको स्वामित्वमा रहेको उक्त सेयर विक्रीमा रहेको जनाएको छ । कम्पनीमा उक्त ग्रुपको १४ लाख ५० हजार २३७ कित्ता सेयर रहेको छ । तर, कम्पनीले ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्री गर्न लागेको हाे । बिक्री गर्न लागिएको उक्त सेयरको मूल्य प्रति कित्ता न्यूनतम ३ सय रुपैयाँ तोकिएको छ ।
यी हुन् प्रभु महालक्ष्मी लाइफका १७ ठूला सेयरधनी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सोरेन्समा १ वा सोभन्दा बढी स्वामित्व रहेका सेयरधनीको संख्या १७ रहेको छ । जसमध्ये ६ जना व्यक्ति र ११ वटा संस्था रहेका छन् । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को विवरणअनुसार सबैभन्दा धेरै सेयर स्वामित्व नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सम्झना अर्यालको रहेको छ । उक्त बैंक र सम्झनाको समान ८.२५ प्रतिशत स्वामित्व तथा ३०/३० लाख कित्ता सेयर रहेको छ । यसैगरी, ज्योति विकास बैंकको ७.९० प्रतिशत स्वामित्व तथा २८ लाख ७३ हजार ८५० कित्ता सेयर, प्रभु बैंकको ६.०४ प्रतिशत स्वामित्व तथा २१ लाख ९६ हजार कित्ता सेयर, साग्रिला डेभलपमेन्ट बैंकको ५.३७ प्रतिशत स्वामित्व तथा १९ लाख ५१ हजार ६९५ कित्ता सेयर, नेपाल इन्भेष्टमेन्ट प्रालिको ४.२३ प्रतिशत स्वामित्व तथा १५ लाख ३७ हजार २०० कित्ता सेयर, एक्सेल डेभलपमेन्ट बैंकको ३.३० प्रतिशत स्वामित्व तथा १२ लाख कित्ता सेयर र प्रभु ग्रुपको ५ प्रतिशत स्वामित्व तथा १० लाख ९८ हजार कित्ता सेयर रहेको छ । त्यसैगरी, प्रभु इन्भेष्टमेन्ट प्रालिको २.११ प्रतिशत स्वामित्व तथा ७ लाख ६८ हजार ६०० कित्ता सेयर, एनएमबी बैंकको २.०६ प्रतिशत स्वामित्व तथा ७ लाख ५० हजार कित्ता सेयर, महालक्ष्मी विकास बैंकको १.९६ प्रतिशत स्वामित्व तथा ७ लाख १२ हजार ५०० कित्ता सेयर, सिशु अर्यालको १.६५ कित्ता स्वामित्व तथा ६ लाख कित्ता सेयर, प्रभु क्यापिटलको १.५१ प्रतिशत स्वामित्व तथा ५ लाख ४९ कित्ता सेयर, राजनप्रसाद सुवेदीको १.४६ प्रतिशत स्वामित्व तथा ५ लाख ३० हजार कित्ता सेयर, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको १.३७ प्रतिशत स्वामित्व तथा ५ लाख कित्ता सेयर, मोहनलाल अग्रवालको १.१० प्रतिशत स्वामित्व तथा ४ लाख कित्ता सेयर, विराटकुमार श्रेष्ठको १.०६ प्रतिशत स्वामित्व तथा ३ लाख ८४ हजार ३०० कित्ता सेयर र देवीप्रसाद भट्टचनको १.०५ प्रतिशत स्वामित्व तथा ३ लाख ८२ हजार ७५१ कित्ता सेयर रहेको छ ।