भूकम्प पीडितले तेस्राे किस्ता लिन जिल्ला सरदमुकाम जानु पर्दैन, स्थानिय तहमा नै हुन्छ
पुनर्निर्माण प्राधिकरण ऐन बन्दा र यो गठन हुँदा नेपालमा केन्द्रीकृत शासन प्रणाली थियो । अब हामी संघीय संरचनामा गइसकेका छौँ । स्थानीय, प्रादेशिक सरकारहरू अस्तित्वमा आइसकेका छन् । संघीय सरकारका जिल्लास्तरका कतिपय कार्यालय खारेज भए । त्यसकारण अब हामीले नयाँ संरचनाअनुसार पुनर्निर्माणसँग सम्बन्धित संरचनाहरूसँग तादात्म्यता मिलाइरहेका छौँ । यसलाई हामीले अब बाँकी रहेका पुनर्निर्माणका कार्यहरूसँग मात्र जोडर हेर्नुको सट्टा दीर्घकालीनरूपमा विपद् न्यूनीकरण एवं व्यवस्थापनको कार्यसँग पनि जोडेर लैजानुपर्छ । तसर्थ, हामीले सम्भव भएसम्मका मलाई स्थानीय तह (गाउँपालिका/नगरपालिका) सम्म लैजाने कार्ययोजना अगाडि बढाइसकेका छौँ । हामीले पुनर्निर्माणका क्रममा स्थानीय तहलाई सामथ्र्यवान बनाउन सक्यौँ भने भोलिका दिनमा विपद् न्यूनीकरण एवं व्यवस्थापनमा स्थागत स्मरणका हिसाबले महत्वपूर्ण योगदान पुग्नेछ । जस्तै- आज घरहरू निर्माण गर्न प्राधिकरणमार्फत् सरकारले अनुदान दिएको छ तर संविधानअनुसार निजी आवासको अभिलेखीकरण, स्वीकृति तथा अनुगमन गर्ने कार्यसमेत स्थानीय तहले गर्नुपर्ने हुन्छ । भोलिका दिनमा बन्ने सबै संरचना भूकम्प प्रतिरोधी भएको निश्चित गर्ने, नक्सा पासलगायतका कार्य गर्ने जिम्मेवारी स्थानीय तहलाई छ । निजी आवास पुनर्निर्माणका बाँकी कामसहित विद्यालय, स्वास्थ्य संस्था तथा स्थानीय सम्पदाहरूको पुनर्निर्माणमा आजै हामीले स्थानीय तहलाई संलग्न गराएर जान सक्यौँ भनेमात्र भोलि असाध्यै सहज हुनेछ । संविधानले नै थुप्रै जिम्मेवारी स्थानीय तहलाई दिइसकेको स्थितिमा सम्भव भएसम्मका पुनर्निर्माणका अन्य जिम्मेवारी पनि स्थानीय तहलाई दिन शुरु गरेका छौँ । निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्न, बस्ती स्थानान्तरण र एकीकृत बस्ती विकासका कार्य गर्न तथा गुनासो सम्बोधनका काम गर्न प्रत्येक स्थानीय तहको अलग-अलग कार्ययोजना बनाउँदैछौँ । हामीले प्राधिकरणबाट खटाइएका इन्जिनियरहरूलाई गाउँपलिका/नगरपालिकाबाट परिचालित हुने व्यवस्था गरेका छौँ । त्यसैगरी लाभग्राहीले अनुदानको किस्ता लिन फाइल प्रमाणीकरणका लागि जिल्ला सदरमुकाम लैजानुपर्थ्यो, त्यो सम्बन्धित स्थानीय तहमै गर्ने व्यवस्था मिलाउँदैछौँ । त्यसका लागि प्रत्येक पालिकामा एकजना सिनियर इन्जिनियर पठाउने प्रक्रिया अघि बढाइसकेका छौँ । उनीहरू कार्यक्षेत्रमा पुगेपछि दोस्रो तहको निरीक्षणको काम पनि स्थानीय तहमै हुन्छ । मापदण्ड निरीक्षणका लागि हामीले तेस्रो पक्षबाट अनुगमन गर्ने संयन्त्र पनि निर्माण गरेका छौँ । उक्त संयन्त्रले जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत् र्यान्डम स्याम्पलिब’ गरेर आवश्यक गुणस्तर कायम भयो कि भएन भनेर घरहरूको अनुगमन गर्नेछ । यसअघि अलि बढी निरीक्षण तथा अनुगमनमा ध्यान गएको भए पनि हामी धेरैभन्दा धेरै प्राविधिक सहयोगमार्फत् स्थानीय तहलाई सामर्थ्यवान बनाउने हिसाबले जान खोजिरहेका छौँ । हामी लाभग्राहीको घर बन्दै गरेका अवस्थामा प्राविधिकरूपमा सुरक्षित बनाउन सल्लाह दिने हिसाबले सहयोग गर्न खोजिरहेका छौँ । स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण पनि गर्ने र प्राविधिक सहयोग पनि उपलब्ध गराउने हिसाबले जाँदैछौँ । यसका लागि सबै लाभग्राही घरधनीहरूलाई प्राविधिक सल्लाह दिन ठूलो संख्यामा मोबाइल डकर्मीहरूको व्यवस्था मिलाउँदैछौँ । पुनर्निर्माण शुरु हुँदै गर्दा छरिएर रहेका घरहरू एकीकृत बस्तीका रूपमा नवनिर्माण भए हुन्थ्यो भन्ने धेरैको चाहना थियो । अहिले पनि छ । पहिलो कार्यकालमा मैले यसबारे केही ठोस योजना पनि अगाडि बढाएको थिएँ । हामी अहिले पनि एक पालिकामा कमसेकम एउटा एकीकृत बस्ती विकास गर्ने ढंगले काम गरिरहेका छौँ । स्थानीय समुदायको माग र सम्बन्धित पालिकाको स्वीकृतिका आधारमा एकीकृत बस्तीसम्बन्धी काम अघि बढाउँछौँ । कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गर्छौँ । त्यसका लागि चाहिने पूर्वाधार निर्माण गर्न पैसा पनि तलै पठाइदिन्छौँ । प्राविधिक रूपमा प्राधिकरणबाट खटिएका इन्जिनियरहरूले सहयोग गर्नेछन् । अहिलेसम्म हामीले २९ वटा एकीकृत बस्तीका प्रारम्भिक योजना स्वीकृत गरिसकेका छौँ । जोखिमयुक्त बस्ती स्थानान्तरणमा पनि हामी स्थानीय तहलाई नै क्रियाशील बनाउन खोजिरहेका छौँ । स्थानान्तरणका लागि आवश्यक एवं उपयुक्त जग्गा पहिचान गर्ने जिम्मेवारी स्थानीय तहलाई नै छ । स्थानान्तरण हुन चाहने लाभग्राहीले सामूहिकरूपमा जग्गा किनेर वा स्थानीय तहले पहिचान गरेको स्थानमा सरेर एकीकृत बस्ती निर्माण गर्न चाहेमा पूर्वाधार निर्माणका लागि प्रतिघर तराई क्षेत्रमा ३ लाख, पहाडी क्षेत्रमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाख रुपियाँका दरले थप अनुदान सहयोग उपलब्ध गराउँछौँ । एकीकृत बस्ती काससम्बन्धी कार्यविधि, २०७५ लाई अन्तिम रूप दिइसकेका छौँ । कार्यविधिमार्फत ९९ घर परिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिएका छौँ । गुनासो सम्बोधन प्राधिकरणको जिम्मेवारीमध्ये एउटा महत्वपूर्ण पाटो हो । हाम्रो डाटाबेसमा आएका गुनासोमध्ये अधिकांश गुनासा सम्बोधन भइसकेका छन् । कतिपय अझै छुटेका भन्ने छ । गुनासा सम्बोधन गर्नका लागि छुट तथा पुनः जाँच सर्भेक्षण कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ कार्यकारी समितिको बैठकबाट स्वीकृत गरेका छौँ । त्यसको आधारमा विगतमा निजी आवासको सर्भेक्षण लगत सब्कलनमा छुट हुन गई गुनासो दर्ता गराएकाहरूको पुनः लगत सब्कलन गर्नेछौँ । छुट तथा पुनः जाँच सर्भेक्षणको स्थलगत लगत कार्यमा खटिने प्राविधिकहरूलाई गलत व्यक्तिको सिफारिस गरी लगत सब्कलन गर्न लगाएमा त्यसको सिफारिसकर्तासमेत कानुनअनुसार सजायको भागीदार हुनेछ । स्थानीय तहलाई संलग्न गराउने र उनीहरूको सहयोगमा गुनासो फछ्र्यौट गर्ने संयन्त्र निर्माण गर्दैछौँ । स्थानीय जनप्रतिनिधिहरूकै जिम्मेवारीमा जिल्लामा खटिएका प्राविधिक परिचालन गरेर प्राप्त गुनासाको पुनः सर्भे गरी टुंगाे लगाउँछौँ । यसका लागि स्थानीय तह र समुदायको भूमिकालाई प्रभावकारी बनाउँदैछौँ । त्यसैगरी, कैयौँ भूमिहीन तथा जग्गाधनी प्रमाण पुर्जा नभएका लाभग्राहीलाई आवास अनुदान दिने कार्यमा पनि हामी स्थानीय तहलाई संलग्न गराउँदैछौँ । पुस्तौँदेखि ऐलानी, पर्ती जग्गामा बसेका लाभग्राहीलाई स्थानीय तहको सिफारिसमा सोही स्थान वा सम्बन्धित स्थानीय तहको अन्य स्थानमा घर बनाउनका लागि हामी अनुदान उपलब्ध गराउँछौँ । यसले जग्गाको समस्याका कारण अनुदान सम्झौता हुन नसकिरहेको अवस्था अन्त्य गर्न मद्दत मिल्नेछ र त्यस्ता लाभग्राहीलाई घर बनाउने बाटो खुल्नेछ । निर्माण भइसकेका घरलाई मापदण्ड पुगेको भए वा पुर्याएर एकमुष्ठ रकम दिने निर्णय भइसकेको छ । यसको सुनिश्चितता गर्न स्थानीय तहले भूमिका खेल्नुपर्नेछ । त्यसका लागि स्थानीय तहमा खटिएका प्राविधिकहरूले सहयोग गर्नेछन् । हामी भौतिक पुनर्निर्माणको एउटा अवस्थामा पुगिसकेका छौँ । करिव ८ लाख लाभग्राहीमध्ये ३ लाखभन्दा बढी सुरक्षित छानोमुनि बस्न थालिसकेका छन् । कात्तिक मसान्तसम्म २ लाख ३५ हजारभन्दा बढी घर पुनर्निर्माण भइरहेका छन् जुन केही महिनामा सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ । घर निर्माण सम्पन्न भएपश्चात् जीविकोपार्जन र आयआर्जन सुनिश्चित गर्नुपर्नेछ । अतः हामी आर्थिक र सामाजिक पुनस्र्थापनाका काममा पनि जोड दिँदैछौँ । यसका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । खासगरी आफ्नो पालिकाभित्र भएका सम्भावना तथा आफ्नो पालिकाभित्रका लाभग्राहीहरूको अपेक्षा के छ त्यो पहिचान गर्न उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ । बदलिँदो परिवेशमा अब हाम्रो आर्थिक तथा सामाजिक पुनर्निर्माणको केन्द्रविन्दु पालिकाहरू नै हुनेछन् । हामीले भौतिक पुनर्निर्माणमा प्राप्त गरेको प्रगति देखिसकेपछि विकास साझेदार तथा गैरसरकारी संस्थाहरू पनि यसमा संलग्न हुने हाम्रो बुझाइ छ । त्यस्तै, सरकारबाट आवास अनुदान पाएपछि घर बनाउन नसक्ने लाभग्राही पनि छन् । वृद्धवृद्धा, अपाब्गता भएका र नाबालक लाभग्राहीहरूको आवास पुनर्निर्माणमा केही गैरसरकारी संस्थाले सहयोग गरिरहेका छन् । अझै कैयौँ लाभग्राहीसम्म सहयोग पुग्न बाँकी छ । उनीहरूको आवास पुनर्निर्माणमा स्थानीय तहको महत्वपूर्ण भूमिका हुन आउँछ । त्यसैले यस कार्यमा हामी स्थानीय तहसँग मिलेर अघि बढ्नेछौँ । पहिलो किस्ता लिएर पनि घर नबनाएका कतिपय ‘लाभग्राही’ ले अन्यत्र बस्नयोग्य घर भए पनि झुटो विवरण दिएका वा दुईतिरबाट अनुदान लिएका पनि छन् भन्ने जानकारी आएका छन् । हामीले उनीहरूलाई ३ महिनाभित्र रकम फिर्ता गर्न सूचना प्रकाशित गरेका छौँ । त्यसपछि सरकारी बाँकीसरह असुलउपर गर्ने कारबाही अघि बढाउनुपर्ने हुन्छ । तसर्थ, त्यस्ता व्यक्तिलाई रकम फिर्ता गर्न प्रोत्साहित गर्न र त्यसो नभए कारबाही गर्न/गराउन स्थानीय तहले भूमिका खेल्नुपर्नेछ । किनभने स्थानीय तहभित्रका घर परिवारको जानकारी उनीहरूलाई नै हुन्छ । त्यसरी फिर्ता आएको रकमको निश्चित हिस्सा सम्बन्धित स्थानीय तहको पूर्वाधार निर्माणमै खर्च गर्न पाइने सुनिश्चित गर्ने प्रक्रिया पनि अघि बढाइँदैछ । नियमित पुनर्निर्माणका कार्य अघि बढाउन, जोखिम वर्गमा रहेका लाभग्राहीलाई घर बनाउन सहयोग गर्न वा घर बनाइदिन, बाँकी गुनासा फछ्र्यौट गर्न तथा झुटा विवरण दिएर रकम लिएकाहरूबाट फिर्ता गराउनेलगायत कार्यका लागि स्थानीय तहका प्रत्येक बस्ती तथा टोलमा पुनर्निर्माण सामुदायिक समिति निर्माण गर्ने कार्ययोजना पनि अघि बढाइनेछ । यसले जारी पुनर्निर्माणलाई मात्र होइन, अगामी दिनमा विपद् न्यूनीकरण एवं व्यवस्थापनमा पनि ठूलो टेवा मिल्नेछ । (ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हुन् ।)
माइग्रेन राेग, भ्रम र निराकरणका उपाय
काठमाडौं। पहिला पहिले माईग्रेनलाई भ्यास्कुलर रोग भनिन्थियो । तर, अहिले यसलाई न्युरोलोजिकल रोग भनेर भन्ने गरिन्छ। माइग्रेन एक प्रकारको टाउको दुखाइ हो, जुन निकै कडा हुने गर्दछ। यसको कारणले टाउको दुखेमा कम गर्न गाह्रो पर्छ । यो अवस्थामा रोकी रोकी टाउको दुख्ने र दुई घन्टादेखि कैयौँ दिनसम्म पनि दुखिरहने पनि हुनसक्छ । यो एक न्युरोलोजिकल समस्या हो । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । मस्तिष्क रसायनमा हुने असन्तुलन नै माइग्रेनको प्रमुख कारण हो तर सबै टाउको दुख्नेलाई माईग्रेन पनि भनिदैन। यसको टाउको दुक्ने तरिका बेग्लै प्रकारको हुनेगर्छ जस्तै एक तर्फ मात्र टाउको दुख्ने। दुखाई धेरै जसो समय टाउकोको अगाडि भागबाट सुरु भएर बिस्तारै पछाडी तर्फ प्रस्थान गर्दछ। यदी टाउको दुख्न सुरु भएको केही समयमै औषधी खाएमा दुखाई कम हुनसक्छ । यदी त्यही समयमा औषधी खाईएन भने ७२ घण्टा सम्म पनि टाउको दुख्न सक्छ। यो बिशेष गरी युवाहरु माझ देखिन्छ। कसैलाई घाममा बस्दा टाउको दुख्छ भने कोही मान्छेलाई एकदम नराम्रो गन्ध वा सुगन्धले पनि टाउको दुख्न थाल्छ । यसलाई माइग्रेनको ट्रीगर भनिन्छ। माइग्रेनको ट्रिगर भन्नाले यस्ता चिजहरु हुन् जसले माईग्रेनलाई निम्त्याउन मद्त गर्दछ। यिनलाई अउरा पनि भनिन्छ। कुनै मान्छेलाई द्र्श्यबाट समस्या हुनसक्छ जस्तै उज्यालोमा हेर्दा घामको किरणहरु छरिएको देख्ने,समस्या हुने देखिन्छ। कुनै मानिसलाई अउरा गन्धबाट आउने गर्दछ। पेट्रोल, नेलपालिस, केहीको गन्ध आउने बित्तिकै टाउको दुख्ने, वाकवाकी आउँला जस्तो हुने गर्दछ। माईग्रेन हुनु आँफैमा एउटा मेडिकल कन्डिसन हो। यो वंसानुगत पनि हुनेगर्छ। यदी परिवारको कुनै सदस्यलाई माइग्रेन छ भने उसलाई पनि माईग्रेन हुने ८० प्रतिशत सम्भावना हुनेगर्छ। यो धेरै जसो महिलामा बढी देखिने गर्दछ। हर्मोनल चेन्जको कारणले गर्दा पनि महिलामा यो बढी देखिएको हो। एक अध्ययन अनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेका छन। खानेकुराले पनि माइग्रेन निम्त्याउ छ पक्कै पनि खानेकुराले माईग्रेनलाई निम्ताउने मद्त गर्दछ। यसको मतलब खाने कुराले गर्दा माइग्रेन हुने होईन। खानेकुराले गर्दा विरामीलाई माईग्रेनबाट हुने पीडा निम्ताउनु हो। मानिसलाई माइग्रेनको बिरामी भएको अवस्थामा हुने गर्दछ। केही खानेकुरा त्यस्ता हुन्छन् जसले टाउको दुख्न मद्त गराउँदछ। त्यसका लागि बिरामीले एउटा हेडेक डायरी बनाउन जरुरी छ। किनभने बिभिन्न मानिसलाई बिभिन्न खानेकुराले माइग्रेन निम्ताउन मद्त गर्दछ। हेडेक डायिरीमा आफुलाई कती बेला टाउको दुख्न सुरु भयो, कुन समयदेखी कुन समयसम्म टाउको दुख्यो, यो भन्दा अगाडि मैले के खाए,के गरिरहेको थिए, मलाई उज्यालोले पो असर गर्यो कि, आवाजले पो टाउको दुख्यो कि भन्ने सबैकुरा टिप्न जरुरी छ। यसरी डायरी बनाउँदा आफुलाई के के कुराले असर गरिरहेको देखिन्छ र त्यसलाई ध्यान दिने हो भने पक्कै पनि हामीले आफुलाई माईग्रेनबाट हुने दुखाईबाट टाढा राख्नसक्छौ। कसैलाई दही खायो भने समस्या देखिन सक्छ । दही नै नखानु यसले माइग्रेन हुन्छ भन्नु होईन। कसैलाई बोतलको अचारले हुनसक्छ, कसैलाई कडा कफीले हुनसक्छ। हरेक मानिसलाई बिभिन्न कारणले गर्दा माईग्रेनबाट हुने दुखाई निम्ताउन थप मद्त गर्नेहुन्छ । त्यसैले आफुलाई के खानेकुरा, के तरिकाले असर गर्छ भन्ने पत्ता लगाउन जरुरी छ। माइग्रेन सम्बन्धी भ्रम यस्ता छन माइग्रेन सम्बन्धी मानिसहरुमा धेरै किसिमको भ्रम हुने गरेको छ। सबैभन्दा पहिला उनिहरुलाई यो त निकै नहुने रोग हो र यो लागेपछी कहिले पनि निको हुँदैन, अब सधैंभर यसरी नै बाँच्न पर्छ भन्ने धारणा रहेको हुन्छ। यो एकदमै गलत धराण हो।माइग्रेन मानसिक रोग हो र ? यो भयो भने मानिस पागल हुन्छ भन्नु मानिसहरुमा भएको अर्को भ्रम हो। त्यस माइग्रेनको औषधी खानुहुदैन यसको साईड एफेक्ट धेरै हुन्छ भनेर उनिहरु आफुलाई कोठामा टाउको बाँधेर एकदम थुनथान पारेर बसिदिन्छन्। त्यो सबैभन्दा ठुलो भ्रम हो। त्यसरी समय बर्बाद गरेर हुँदै हुँदैन। बाँच्न चाँही १०० बर्ष बाँच्ने तर हरेक महिनाको ३÷४ दिन आफुलाई त्यसरी थुनेर राख्ने भने त जीवन जिउनुको कुनै अर्थ नै हुँदैन। जब बाँचिन्छ तब रमाएर बाँच्न सक्नुपर्छ त्यसका लागि औषधी खान जरुरी छ किनभने औषधीले त्यसलाई ठीक हुन मद्त गर्दछ। माईग्रेन सम्बन्धी मानिसहरुमा भएको भ्रम मेटाउनुपर्छ मानिसहरुमा माईग्रेन सम्बन्धी भ्रम हटाउन सबैभन्दा पहिला हाम्रो शिक्षा प्रणाली नै बदल्न जरुरी छ। धेरै अगाडी देखीको हाम्रो शिक्षा प्रणालीमा चाँही रेप्रोडक्टिभ र सेक्सुअल हेल्थको बिषयमा पढाई हुन्छ तर मेन्टल हेल्थको बारेमा पढाई हुँदैन मानौ कि मेम्टल हेल्थ महत्वपुर्ण छैन। यो मान्छेले पछी गएर बच्चा जन्माउनु पर्छ भनेर रेप्रोडुक्टीभ हेल्थको बारेमा पढाईइन्छ तर पछि गएर व्यक्तिले आफ्नो मेन्टालिटीलाई स्थिर राखेर काम गर्नुपर्छ, समस्या परेको खण्डमा आफुलाई सम्हाल्न पर्छ र पछी गएर समाजलाई योगदान गर्नुपर्छ भन्ने सोच राख्दैनन। मेन्टल हेल्थको बारेमा बुझेको मानिसले अरुलाई बुझ्न सक्छ र चाहिएको खण्डमा त्यस ब्यक्तीलाई मद्दत पनि गर्नसक्छ। एउटा मानिस स्वस्थ हुनलाई उसको मेन्टल हेल्थ ठिक हुन एकदम जरुरी छ। मेन्टल हेल्थ ठिक भएको अवस्थामा मात्र मानिसले आनन्दको साथ काम गर्नसक्छ। त्यसैले यदी मानिसहरुमा भएको भ्रम मेटाउने हो भने सबैभन्दा पहिला मानिसहरुलाई मेन्टल हेल्थ सम्बन्धी शिक्षा दिन जरुरी छ। माइग्रेन हुनुको कारण महिलामा शरीरमा हुने मेजर हर्मोनल परिवर्तनका कारण माइग्रेन हुने गर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ । जुन टाउको दुखाइको कारण पनि बन्न सक्छ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाउने माइग्रेन पनि पैदा गर्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफिको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ । कडा हल्ला, माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ । धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ । माइग्रेनको लक्षण टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ । जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ। यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् । माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ । माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन । माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् । माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् । यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ । माईग्रेन पूर्ण रुपमा निको हुन सक्छ समयमा औषधी खाई, आफुलाई के के कुराले असर गर्छ त्यो पत्ता लगाउन सक्यो भने पक्कै पनि माइग्रेन पूर्ण रुपमा निको हुनसक्छ। ट्रिगरको पहिचान र त्यसको त्याग, उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम , माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योग, सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम, एक्युपन्चर तथा एक्युप्रेसर, रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह गर्ने हो भने माईग्रेन निको भएर जान्छ। यो पूर्ण रुपमा निको हुँदैन भन्नु भ्रम मात्र हो। (मनोवैज्ञानिक डा. नम्रता प्रधानसँगको अन्तर्वातामा आधारित )
सेयर लगानीकर्तालाई कमल पन्थीको टिप्स, लगानी गर्नुपुर्व कम्पनीको अवस्था बुझनुस
सा–सानो पुँजीलाई एकीकृत गरी ठुला जलविद्युत तथा उर्जा विकास आयोजना लगानी गर्नुलाई पुँजी बजार भनिन्छ । कुनै पनि पब्लिक लिमिटेड कम्पनीले सेयर जारी गरेर आफ्नो योजना पुरा गर्न सक्दछन् । यसका लागि पब्लिक लिमिटेड कम्पनी हुनुपर्छ । पुजी बजारमा कुनै पनि कम्पनीले पहिलो पटक सेयर निष्कासन गर्दैछ भने त्यसलाई प्राथमिक बजार भन्छौ । प्राथमिक निष्कासन गर्न कम्पनी संचालनमा आएको कम्तीमा एक वर्ष पुरा हुनुपर्दछ । कम्पनीले सेयर जारी गर्दा तीन देखि चार वटा तह समुह हुन्छन् । जस्तो जलविद्युत कम्पनीमा स्थानीयबासी, कर्मचारी, समुहिक लगानी कोष, सर्वसाधारण चारवटा समुह हुन्छ । बैँक तथा वितिय संस्थामा स्थानीयबासी हुँदैन । कुनै पनि जलविद्युत कम्पनीले पहिलो प्राथमिक सेयर कर्मचारीको लागि बाँडफाँड गर्दछन् । कर्मचारीको सेयर कम्तीमा ३ वर्षसम्म बिक्री वितरण गर्न नपाउने सर्त राखिएको हुन्छ जुन धितोपत्र बोर्डमा ऐन उल्लेख छ । दोस्रो चरणमा उद्योग अन्तिममा सर्वसाधारणको सेयर जारी गरिन्छ । यदि माग भन्दा बढी आवेदन परेमा चिठ्ठा विधिबाट बाँडफाँड गरिन्छ । कम आवेदन परेमा हालको धितोपत्रको बोर्डको नियमअनुसार प्रत्येक लगनीकर्तालाई १० कित्ता सेयर दिनुपर्छ । यो प्रक्रिया सकेपछि केही हप्ता दिन अथवा महिनासम्म नेपाल स्टक एक्सचेन्जमा दर्ता हुन्छ । त्यी दर्ता सेयर दोस्रो बजारमा कारोबार हुन्छ । कम मुल्य अर्थात १०० बाट सुरु हुन्छ । माग र आपूर्ति आधारमा मूल्य घट्ने बढ्ने हुन्छ । नयाँ लगानी कर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व कम्पनीले आईपीओ जारी गर्दा अथवा सेयर निष्कासन गर्ने प्रक्रियामा सेयर फार्म पछाडिपट्टि दिएको हरेक विवरण नाफा नोक्सान बासलात, कम्पनी संचालक व्यक्ति क्षमता अनुभव कम्पनीको पुरा विवरण उल्लेख गरेको हुन्छ । एकचोटी राम्रो सँग पढ्नुहोला, एक हजार रुपैयाँ लगानी कस्तो कम्पनी लगानी गर्दै छु तपाईलाई कति वर्षपछि प्रतिफल दिन्छ कहाँ लगानी गरेको छु मेरो लगानी सुरक्षित छ वा छैन तपाईको आजको एक हजार लगानी भविष्यमा लाख हुन सक्छ । आईपीओ भर्नुअघि कम्पनी कस्तो प्रकृतिको हो, कस्तो व्यवस्थापन निकाय कस्ता प्रकृतिका छन् आइपीओ भनेर आँखा चिम्लिएर नहाल्नुहोला आज बजारमा लामो अवधिसम्म पनि प्रतिफल दिन नसक्ने लगानीकर्ताको सम्पत्ति अवमूल्यन कुनै बोनसर नगद लाभांश दिन नसकेको अवस्था छ । यो बुुझेर आईपीओ फारम भर्नुहोला । नयाँ लगानाीकर्ताले अर्को महत्वपूर्ण बुझ्नुपर्ने कुरा कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व त्यो कम्पनीको कम्तीमा दुई वा चार वर्षको प्रतिवेदन पढ्नुपर्छ । त्यो कम्पनीले गत वर्ष कस्तो आम्दानी गरिरहेको छ । भविष्यमा कति आम्दानी गर्न सक्छ वा सक्दैन विश्लेषण गर्न सक्छौ । यसको साथसाथै लगानीकर्ताले हेर्नुपर्ने कुरा त्यो कम्पनीले विगतमा र आजसम्म कति लाभांश बाँडेको छ लगानीकताहरुले त्यौ नै हेर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनी छनौट गर्दा नयाँ लगानीकर्ताहरुले जगेडा कोष धेरै भएको निष्क्रिय कर्जा कम भएको ईपीएस र प्रतिसेयर नेटवर्थ बढी भएको कम्पनी धान्नको लागि आग्रह गर्दछु । मुल्य आम्दानी अनुपात कम्तिमा १५ गुणा भएको छानेमा लगानी सुरक्षित हुन्छ । त्यस्तै कम्पनीको व्यवस्थापनदेखि कर्मचारीको आवाज जावत सीआईको कति वर्षसम्म त्यस कम्पनीमा कार्यरत हुन्छन् संचालक कतिको परिवर्तन हुन्छ् । त्यो सबै बुझेपछि त्यस कम्पनीमा दीर्घकालका लागि लगानी गर्नुपर्छ । यदि कुनै लगानीकर्ताहरु त्यति धेरै ज्ञान छैन पुजी बजारको भन्ने उहाँहरुले कम जोखिम लिन चाहन्नु हुन्छ भने मेरो सुझाव म्यूचल फण्ड लगानी गर्नुहोस । हाम्रो नेपाली पुजीबजार विभिन्न बैँकहरुले म्यूचल फण्ड जारी गर्न गर्दछन् खासगरी दुई प्रकारका हुन्छन् ओपन इन्डेट र बन्द इन्डेट त्यी म्यूचल फण्डपछि ५ वर्ष र ७ वर्षको अन्त्यमा नगद लाभांश प्राप्त गर्छन् । तपाईलाई बैँक मा जम्मा गरेको पैसा भन्दा म्यूचल फण्डमा लगानी गरेको पैसाको प्रतिफल धेरै हुन आउँदछ । तपाईले राम्रो म्यूचल फण्ड मा लगानी गर्नु पर्दछ । ५ वर्ष ७ वर्ष पर्खनु हुन्छ भने तपाईलाई राम्रा प्रतिफल प्राप्त हुन्छ । बजारमा सिद्धार्थ स्किम ग्रोथ र नविल व्यालेन्स फण्डले राम्रो प्रतिफल दिएको म्यूचल फण्ड हुन् । नयाँ लगानी कर्ता हुनुहुन्छ भने सेयर बजारमा बिना सुझाव र अध्ययन बिना लगानी नगर्नुहोस । पहिलो लगानी विविधीकरण गर्नुहोस् । दोस्रो समय व्यवस्थापन गर्न जान्नुहोस् । तपाईले गरेको लगानी कति समयको लागि हो स्पष्ट योजना बनाउनुहोस् । तपाईहरुले आज किनेर भोलि नै बेच्ने मनासय नबनाउनुहोस् आजको भोलि नाफा नहुन सक्छ भविष्यमा अवश्य तपाईलाई राम्रो नाफा दिन सक्छ । अर्को महत्वपूर्ण कुरा म नयाँ लगानीकर्तालाई भन्न चाहन्छु जोखिम व्यवस्थापनमा गर्न सिक्नुहोस् आफुले सेयर खरिद गर्दा सम्बन्धित कम्पनीको सेयर मुल्य कुन अवस्थामा छ । एकदमै बढेर टुप्पोमा पुगेर घटन लागेको पो छ कि कम्पनीको मुल्य नेटवर्थ बराबर भएको बेला छ भने त्यसमा कतिको जोखिम छ भन्नेमा विचार पु¥याउनु होला । नयाँ लगानीकर्ताहरुले दोश्रो बजारमा प्रवेश गर्नुभएको छ भने सबै पैसा एकै चोटी लगानी नगर्नुहोस अर्को कुरा सबै पैसा एउटै बास्केट अथवा एउटै कम्पनीमा लगानी नगर्नुहोस् केही लगानी तपाई बैकको सेयर किन्नुहोस जुन विगत र आगामी राम्रो नाफा कमाउने कम्पनी हो । राम्रो बोनस र नगद लाभांश दिने कम्पनी हो केही जलविधुत केही लघुवित्त कम्पनीमा लगानीको विविधिकरण गर्न जान्नुहोस जसले गर्दा तपाईको क्षति कम हुन्छ । नयाँ लगानीकर्तालाई पहिलो पटक आईपीओ भर्नुहोस सिधै दोस्रो बजार मा प्रवेश नगर्नुहोस ब्रोकर अफिस जानुहोस बुझनुहोस विभिन्न सेयरविको सल्लाह सुझाव लिनुहोस आपनी विचार भन्नुहोस कस्ता कस्ता कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ भन्ने जिज्ञासा राख्नुहोस् बेला बेला व्रोकर समन्वय गर्नुहोस् । नयाँ लगानी कर्ताहरुलाई आफ्नो पोटपोलियो व्यवस्थापना गर्दा धेरै कम्पनीहरुमा लगानी नगर्नुहोस् । ३० प्रतिशत कम्पनीको सेयर ट्रेडर भएर किन्ने वा बेच्ने गर्नुहोस् जसले गर्दा तपाईलाई कति बेला किन्ने र बेच्ने तरिका थाहा हुन्छ । ७० प्रतिशत लामो अवधिको लागि लगानी गर्दा राम्रो प्रतिफल दिने कम्पनीहरु छान्नुहोस् । अनि धैर्यता गर्नुहोस् जसले गर्दा तपाईलाई सजिलै पोर्टफोलीयो व्यवस्थापन सजिलो हुनेछ । अर्को महत्वपूर्ण कुरा लगानीकर्ताहरुले खाली बोनस र हकप्रद सेयरको लोभमा परेरे किन्नुहुदैन कहिलेकाही फस्न सकिन्छ । कुनै कम्पनीको बोनस सेयर किन्दै हुनुहुन्छ त्यो बोनस पाउँदा आफुले किनेको मुल्य र पछि समायोजन हुदा फाइदा हुन्छ हुदैन हिसावकिताव गर्नुपर्छ अनि मात्र बेच्ने विचार गर्नुपर्दछ । त्यस्तै हकप्रद सेयर लोपमा धेरै लगानीकर्ताहरुले घाटा खानुपरेको छ । आज घोषणा गरेको हकप्रद सेयर २ वर्षसम्म लाग्न सक्छ । हकप्रद सेयर घोषणा गरेपछि धेरै कम्पनीको सेयर वृद्धि हुने गर्छ । त्यो आजको धेरै मुल्य किन्दा क्षति हुने सम्भावना बढि हुन्छ । हकप्रद सेयर तपाईको थप १०० रुपैयाँ लगानी हुन्छ पहिलो किनेको मुल्य जोड गर्नुहोला हकप्रद खाँदा फाइदा हुन्छ हुदैन हिसाव किताव गर्नुहोला अनि मात्र किन्नु होला । लगानीकर्ताले बुझनु पर्ने बैकको ब्याज र सेयर बजार विपरित सम्बन्ध हुन्छ । जब बैकले ब्याज बढाउदै जान्छ सेयर लगानीकर्ताहरुले सेयर विस्तारै बेचेर बैकको ब्याजप्रति आकर्षण हुन्छन् । जब बैकको ब्याज तल जान थाल्छ बैक बाट पैसा झिकेर सेयर बजारमा लगानी गर्नुपर्छ । यस्तो अवस्थामा सेयर बजारमा लगानी गर्नु भन्दा अरु क्षेत्रमा लगानी बढाउनु राम्रो हुन्छ । बैकमा जम्मा राख्नु भन्दा सुन चाँदी क्षेत्र, घरजग्गामा लगानी गर्नु उत्तम हुन्छ । यस्तो अवस्थामा थोरै थोरै लगानी गर्नुहोस नत्र कमाउन गाहो हुन्छ क्षति हुने सम्भावना धेरै हुन्छ । किन भन्दा सबै कम्पनीको सेयर बिस्तारै तलतिर गएको हुन्छ । नेप्लीज इन्डेक्स विपरित दिशामा झरेको हुन्छ । अन्तिममा नयाँ लगानीकर्ताहरुलाई पुँजी बजारमा आउनुहोस यो कुनै अनउत्पादक क्षेत्र र जुवा तास घर होइन् । सबै नयाँ लगानीकर्ताहरुले सानो पैसा लगानी गर्नुसक्नु हुनेछ । पहिला पहिला आईपीओ भर्न घण्टौ लाइन बस्नु पदथ्यो अहिले तपाईले बैक माध्यमबाट सीआश्वा आवेदन गर्दा सेकेण्डमा भर्ना सक्नुहुन्छ । पहिला सेयर प्रमाणपत्र आउन महिनौ लाग्ने च्यातिने हराउने सम्भावना हुन्थ्यो अहिले सिधै तपाईको डिम्याट खातामा सेयर आउँछ । अब छिटै नयाँ प्रविधि अनलाइन प्रकृति आउँदैछ घरमै बसेर किनेर बेच्ने आदेश दिन सक्नुहुनेछ । पहिला जस्तो व्रोकरमा गएर किन्ने र बेच्ने आदेश दिनु पर्दैन । अब छिटै बैकहरुलाई व्रोकर लाइसेन्स दिने मौद्रीक नीति आएको छ । काठमाडाँै मात्र सिमित बजार अब देश सबै क्षेत्रमा जाँदै छ अनलाईन आइपछि विदेशबाट कारोबार गर्न सक्ब्नेछन् । अब पुँजी बजारको भविष्य राम्रोे छ । सबै नयाँ लगानीकर्ताहरुलाई सानो रकम १००० देखि लगानी गर्न सक्नुहुनेछ धेरै ठूलो रकम आवश्यक पदैन । लगानी गर्नुपूर्वक आफ्नो प्लान बनाएर आउनुहोस अवश्यक राम्रो प्रतिफल लिएर जानुहनेछ । सबैको राय सल्लाहा सुझाव लिनुहोस निर्णय लिनुहुन्न । नयाँ लगानीकर्ताहरुलाई मेरो सुझाव छ ।