माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २ मा स्थानान्तरण गरेको छ । बैंकले पोखरामा रहेको केन्द्रीय कार्यालय आइतबार काठमाडौंमा स्तानान्तरण गरेको हो । हाल बैंकको केन्द्रीय कार्यालय नयाँबजार, पोखरा र कर्पोरेट कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । साउन २२ गते सम्पन्न कम्पनीको विशेष साधारण सभा बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त कार्यालय स्थानान्तरण गर्ने कार्यक्रम पोखराको होटल पोखरा ग्राण्डमा बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन के.सी.को सभापतित्वमा सम्पन्न भएको छ । बैंकको विशेष साधारण सभाले नियामक निकायहरुले गरेका परिवर्तित व्यवस्थाहरुलाई समेट्न प्रबन्धपत्र तथा नियमावलीका केही व्यवस्थाहरु परिमार्जन गर्ने विषय समेत पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । बैंकले २०७४ साल आसार मसान्त सम्ममा ५८ अर्ब ६३ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५१ अर्ब ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्व ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । बैंकले आफ्नो चुक्ता पूँजी वृद्धि गरी ८ अर्व पुर्याउन हाल १२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । बैकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७० स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।
देवः विकास बैंकको नाफा ११५ प्रतिशतले बढ्यो
काठमाडौं । देवः विकास बैंकको नाफा ११५ प्रतिशतले बढेको छ । बैंकले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ११५ दशमलब ३८ प्रतिशतले बढाएर २८ करोड पुर्याएको हो । आर्थिक बर्ष २०७२/७३ मा बैंकले १३ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बैंकले एक अर्ब ५ करोड ब्याज आम्दानी गरेको छ भने ५० करोड ब्याज खर्च गरेको छ । १० अर्ब ४१ करोड निक्षेप संकलन गरेको देवः विकास बैंकले ९ अर्ब ५७ करोड कर्जा लगानी गरेको छ । एक अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४७ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २० रुपैंयाँ शुन्य ३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३२ रुपैंयाँ ९७ पैसा रहेको छ । बैंकले खराब कर्जालाई पनि ३ दशमलब ९९ प्रतिशतबाट घटाएर १ दशमलब २४ प्रतिशतमा ल्याएको छ ।
माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले वृद्धि, बैंक अब अर्ब कमाउने सूचिमा
काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ४६ दशमलब शुन्य ६ प्रतिशतले बढाएर एक अर्ब ३० करोड पुर्याउँदै अर्ब कमाउने बैंकको सूचिमा उक्लिएको हो । बैंकले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ८९ करोड मात्रै नाफा कमाउन सकेको थियो । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरेर ५१ अर्ब ८६ करोड कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ५ अर्ब ११ करोड छ भने ब्याज खर्च जम्मा २ अर्ब ७९ करोड मात्रै रहेको छ । ६ अर्ब ५९ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ५१ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैंयाँ ४४ पैसा रहेको छ । बैंकको खराब कर्जा शुन्य दशमलब ३७ प्रतिशत मात्रै रहेको छ ।