लक्ष्मी लघुवित्तले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको सोमबार बसेको ८५ औं सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर १६.३२ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको जानकारी दिएको छ । लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुने छ ।

सिभिल बैंकलको शुन्य मौज्दातमा साढे ८ प्रतिशत ब्याज योजना

काठमाडौं । सिभिल बैंकले शुन्य मौज्दातमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने बचत योजना ल्याएको छ ।  नेपालीका लागि नेपाली बचत खाता भन्ने नाराका साथ बचत योजना ल्याएको हो । यो योजना अन्र्तगत एटीएम कार्ड, इन्टरनेट बैकिङ एसमएसलगायत अन्य सुविधा पाउने बैंकले जनाएको छ ।

६ प्रतिशत ब्याज दिने गरी सिटिजन बैंकले ल्यायो गोल्डेन वचत योजना

काठमाडौं । सिटिजन बैंकले गोल्डेन वचत योजना ल्याएको छ । बैंकले ६ प्रतिशत ब्याज दर दिने गरी वचत योजना ल्याएको हो । मासिक ६ प्रतिशत ब्याज भुत्तानी गर्ने बैंकले जनाएको छ । न्युनतम् ५ सय रुपैयाँमा खाता खोल्न, मोवाइल बैकिङलगायत सबै सेवा प्रदान गरिने बैंकले जनाएको छ ।