निक्षेप राख्न बैंक खोज्दै समाज कल्याण परिषद
काठमाडौं । समाज कल्याण परिषददे आफुसंग भएको रकम मुद्धति वा कलखातामा राख्न बैंकसंग प्रस्ताव मागेको छ । परिषदले आफुसंग भएको वचत रकम एक वर्षे मुद्धति वा कलखतामा राख्नका लागि दोस्रो पटक वाणिज्य बैंकसंग प्रस्ताव मागेको हो । यसअघि बैंकले कम ब्याजदर प्रस्ताव गरेपछि पुनः प्रस्ताव आब्हान गरेको परिषदले जनाएको छ । परिषदले मुद्धति निक्षेप र कलखातामा राख्ने रकमको छुट्टाछुट्टै ब्याजदर प्रस्ताव गर्न भनेको छ । उसले ७ दिनभित्र प्रस्ताव पेश गर्न बैंकलाई अनुरोध गरेको छ ।
कारोबारको ४ दिनमै सेयर बजार १०१ अंक वृद्धि, आज कति बढ्ला ?
काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि अघिल्लो सातादेखि सेयर बजारमा उछाल आएको छ । बजार अब उकालो लाग्ने संकेत देखिएको छ । गत साता मंगलबारदेखि बढन् थालेको बजार आइतबारसम्म १०१ अंक बढेर नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबार मात्रै बजार ४४ अंक बढेको छ । आज पनि बजार बढ्ने देखिएको छ । आइतबार ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । केही महिनायताको यो सबैभन्दा बढी सेयर कारोबार हो । डेढ वर्षअघि बजार बढेर १ हजार ८८१ अंकमा पुगेको थियो । बजारले गति लिन थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ । सेयर बजार घटेर एउटा सीमामा पुगेपछि पुनः बढ्ने लगानीकर्ताको भनाई छ ।
एनआईसी एसिया बैंकले खुलायो ८० भन्दा बढीलाई जागिर, आवेदन दिने अन्तिम दिन अप्रिल २३
काठमाडौं । तपाई बैंकिङ जागिरको खोजिमा हुनुहुन्छ ? बैंकबाट आफनो करियर सुरु गर्न चाहानुहुन्छ ? अब चिन्ता नलिनुस एनआईसी एसिया बैंकले विभिन्न तहका लागि ८० भन्दा बढीलाई जागिर दिने भएको छ । बैंकले सहायक प्रवन्धकदेखि सहायकसम्मका लागि विभिन्न तहका लागि सोमबार जागिर खुलाएको छ । २३ अप्रिल अर्थात वैशाखको पहिलो सातासम्म आफनो आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सहायक प्रवन्धक १०, वरिष्ठ अधिकृत ३०, बजार अधिकृत ५, मार्केटिङ एजिक्युटिभ २५ र कार्यालय सहायकलाई भर्ना खुलाएको छ । यस्तै शाखा प्रवन्धक, सहायक प्रवन्धक, जुनियर अफिसर केही संख्यालाई मागेको बैंकले जनाएको छ ।