लुम्बिनी बैंकको हकप्रद ६ लाख कित्ता हकप्रद बिक्री नभएपछि पुनः लिलामी, बैंशाख २ गतेदेखि खुला

काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक र सर्वसाधारणले पनि हकप्रद सेयर नकिने पछि पुनः लिलामी गरिने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूह गरी ६ लाख १ हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागेको हो । संस्थापकतर्फ ३ लाख ७९ हजार ३३६ र सर्वसाधारणतर्फ २ लाख २१ हजार ९८९ कित्ता बाँकी छ । शिलबन्दी बोलपत्र पेश बैंशाख २ देखि खुलाभई १९ गतेसम्म रहेको बिक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउनका लागि १० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेकोमा आवेदन नपरेपछि लिलामी गर्न लागेको क्यापिटलले जानकारी दिएको छ ।

सनराइज बैंकको नयाँ शाखा धनुषाको औरहीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले सोमबार धनुषाको औरही गाउँपालिकामा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । औरही गाउँपालिकामा गाउँपालिका अध्यक्ष ब्रहमदेव यादव र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७९ वटा शाखा, ९५ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ

शैक्षिक क्षेत्रमा माछापुछ्रे बैंकको साढे ६ लाख सहयोग

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । शनिबार एक कार्यक्रमकोबीच बैंकले  उक्त समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पीडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी रु १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको जानकारी दिएको छ । त्यसैगरी सोमबार पनि एक कार्यक्रमका विच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको बताएको छ । उत्त कार्यकममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापा ले चेक हस्तान्तरण गरेको बताइएको छ । बैंकले मुलुकभर आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १५ शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।