कैलाश विकास बैंकको शाखा गुल्मीमा
काठमाडौं । कैलाश विकास बैंकले गुल्मी जिल्लाको पुर्तिघाटमा आफ्नो ४६ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाको बिहीबार कालीगण्डकी गाँउपालकिा प्रमुख वेदबहादुर थापाले शुभारम्भ गरेका थिए । नयाँ शाखासहित बैंकको शाखा संख्या ४६ पुगेको छ भने एटीएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा समेत शाखा संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । राष्ट्रिय स्तरको उक्त बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको छ
जनता बैंक र बुम रेमिट्यान्सबीच सम्झौता, १० हजार सब–ऐजेन्ट तथा शाखाहरुबाट सेवा प्रदान
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्स प्रालिलाई नियुक्त गरेको छ । बिहीबार जनता बैंक नेपाल लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सकोतर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले यस सम्बन्धी सम्झौतामा हस्तक्षर गरेका छन् । सम्झौता बमोजिम जनता रेमिटमाार्फत पठाएको रकम बुम रेमिट्यान्स प्रालिले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ भने बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ । ती रेमिट्यान्स र बैंक दुबैको गरेर नेपालमा ७७ वटै जिल्लामा १० हजार वटा भन्दाबढि सब–ऐजेन्टहरु छन् भने बैंकको नेपाल भर १०७ वटा शाखाहरु छन् । बुम रेमिटले जनता बैंकसँग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि विदेशमा रहेका नेपालीले विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाउने सम्झौता भएको छ । हाल बुम रेमिट्यान्सले खाडि मुलूकहरू र हङकङबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएकोछ । आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको जनता बैंक तथा बुम रेमिट दुवैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति लिएको जानकारी गराएको छ ।
डेविट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा गोरखा डिपार्टमेन्टका सबै शाखाबाट १० प्रतिशतसम्म नगद छुट
काठमाडौं । सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोरवबीच नेपालभर सञ्चालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनैपनि सामान खरिदमा १० प्रतिशतसम्म नगद छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंककातर्फबाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र डिपार्टमेन्ट स्टोरकातर्फबाट प्रबन्ध निर्देशक वलराम आचार्यले केही दिनअघि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरुबाट सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्डबाट गरिने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गर्ने बताएको छ । बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरि छुटको सुविधा उपभोग गर्न सकिनेछ । योजना बैशाख १ गतेदेखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पूर्ण खरिदहरुमा लागू हुने बैंकको भनाइ छ । कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले सो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वितका साथै कारोवार सुरक्षित हुने बैंकले विश्वास लिएको छ ।