१६ प्रतिशत बोनस पछि प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार प्राइम कमर्शियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १६ प्रतिशत बोनस पछि सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३१८.९७ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६७.४१ रुपैयाँ रहेको छ । मूल्य समायोजन पछि बिहीबारको कारोबारमा बैंकको सेयर मूल्य सामान्य ०.९७ अंकले घटिरहेकाे छ । याे समाचार तयार पर्दासम्म कम्पनीकाे सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले कम हाे ।
राष्ट्रिय बाणिज्य बैंकबाट सिटी एक्सप्रेसको रेमिटेन्स भुक्तानी पाइने
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटेन्स राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जेठ ६ गते एक कार्यक्रमका बीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष(ट्र्ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरे ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले शुरु गर्यो कनेक्ट आइपीएस सेवा
काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले कनेक्ट आइपीएस सेवा शुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवा शुभारम्भ गरेको फाइनान्सले जनाएको छ । डेविट कार्ड, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सेफ डिपोजिट लकर, डीपी, सीएएसबीए र आईपीएस सेवा प्रदान गर्दै आएकोमा थप सेवाका रुपमा कनेक्ट आईपीएस सेवा सञ्चालन गरेको हो । फाइनान्सले मोबाइल बैंकिङ सेवा पनि शुरु गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ ।