एनआईसी एशियाकोे ४१ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौँ । एनआईसी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।

कास्कीका छिनेडाँडामा कामना सेवाकोे ९४औं शाखा बिस्तार

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते ९४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । बैंकका सञ्चालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।